२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको अन्तिम खेल, यूएईविरुद्ध नेपाल भिड्दै

२०७५, २० माघ आईतवार ०३:४५

माघ २०, काठमाडौं । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत आज अन्तिम तथा तेस्रो खेलमा नेपालले घरेलु टोली यूएईको सामना गर्दै छ ।

तीन खेलको टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले अन्तिम खेलमा आज यूएईसँग नै प्रतिस्पर्धा गर्न लागेको हो । पहिलो खेलमा यूएईसँग २१ रनले पराजित भएको नेपाल दोस्रो खेलमा भने चार विकेटले विजयी भएको थियो ।

युएईकै आईसीसी क्रिकेट एकेडेमीमा हुने खेलमा नेपाल जित हात पार्दै सिरिज जित्ने लक्ष्यमा छ । यूएईले पहिलो खेल जितेको हुँदा आज नेपाललाई पराजित गर्दै सिरिज जित्ने दाउँमा छ । नेपाल र यूएईबीचको खेल नेपाली समय अनुसार आज दिउँसो २ बजेर ४५ बजे सुरु हुनेछ । यो सिरिजको पहिलो खेल जित्न सफल भएको युएईले नेपाललाई १५४ रनको लक्ष्य दिएको थियो तर नेपालले १३२ रनभन्दा लिन नसक्दा हार्न पुगेको थियो, त्यस्तै दोश्रो खेलमा आफ्नो खेलको लयलाई फर्काउँदै युएईले दिएको १०८ रनको लक्ष्यलाई नेपालले अन्तिम ३ बल बाँकी छँदा पुरा गर्दै खेल जितेको थियो । 


यसअघि सम्पन्न तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा पनि नेपालले यूएईलाई २–१ ले पराजित गरेको थियो । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको बिजेता बनेको नेपाललाई त्यतिबेला पनि युएईले पहिलो खेलमा पराजित गरेको थियो तर पछिका २ खेल भने नेपालले जितेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन सुनचाँदीको मूल्यमा वृद्धि कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात