<p><b>माघ २०, रुकुमपूर्व |</b> रुकुमपूर्वको सदरमुकाम बिबादले चरम रुप लिएपछि जिल्ला प्रशासन कार्यालयले आइतबार साँझ कर्फ्यू जारी गरेको छ । सदरमुकामको नाम रुकुमकोट राख्ने कि गोल्खाडा हुने भन्ने विवाद चर्किदै जाँदा जिल्ला प्रशासन कार्यालयले कर्फ्यू जारी गरेको हो । <br></p><p>रुकुमपूर्वको सदरमुकाम गोल्खाडा हुनुपर्ने भन्दै त्यहाँका स्थानीयले रुकुमकोटमा जबरजस्ती प्रदर्शन गर्ने तयारी गरेपछि तनाब बढ्न सक्ने देखेर जिल्ला प्रशासन कार्यालयले साँझ ७ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय रुकुम पुर्वले सिस्ने गाउँपालिका ५ धौलापहिरा खोला, पश्चिमा सिस्ने गाउँपालिका ५ रानीकोट, उत्तरमा सिस्ने गाउँपालिका ६ रुकुमगाड हुँदै धाउनेको पाटीघट्टसम्म, दक्षिणमा सिस्ने ५ रुमालबारा हुँदै सहिदपार्कसम्म कर्फ्यू आदेश जारी गरेको हो । </p><p>प्रसासन कार्यालयले तोकेको स्थानहरुमा कुनै विरोध प्रदर्शन, सभा/जुलुस र भेला गर्न/गराउन निषेध गरिएको छ। </p>
February 3, 2019
काठमाडौँ - KTM, पश्चिमी रुकुम - RKM, समाज
रुकुम पूर्वमा अनिश्चितकालका लागि कर्फ्यू लगाइयो
By साझासवाल
2 मिनेट पढाइ










