2026-09-18 07:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सावधान ! यी हुन् यौनसम्पर्कबाटै सर्ने एचआईभी/एड्स भन्दा खतरनाक ४ नयाँ रोग

टिप्स । संसारमा विभिन्न नयाँ रोग भित्रिरहेका छन् । व्यस्त जीवनशैली र खानपानबाट मानिसहरु दिनानुदिन विभिन्न रोगबाट ग्रसित भइरहेका छन् । हामीले यौन सम्पर्कबाट सर्ने एचआईभी र एड्सको बारेमा त सुनेकै छौ र पढेका पनि छौ । हामी यौन सम्पर्कबाटै लाग्ने अर्को चार खतरनाक रोग पनि छन्, जुन तपाइलाई थाहा नहुन पनि सक्छ । हामी यस्तै चार ब्याक्टेरियाबारे जानकारी दिँदै छौं जसले मानिसको स्वास्थ्यमा ठूलो क्षती पुर्याउन सक्छ ।

नाइसेरिया मेनिन्जाइटिसः

नाइसेरिया मेनिन्जाइटिसलाई मेनिन्गोकसको नामले पनि चिनिन्छ । यो ब्याक्टेरियाले दिमाग र मेरुदण्डको हड्डीलाई संक्रमण गर्नसक्छ । तर यो यूरोजेनिटल संक्रमणका लागि परिचित छ ।

७० को दशकमा भएको अध्ययन अनुसार चिम्पान्जीको नाक र गला हुँदै यो ब्याक्टेरिया यौनाङ्गसम्म पुगेको थियो जसलाई युथरल संक्रमण भनिन्छ ।

लगभग ५ देखि १० प्रतिशत युवायुवतीमा नाइसेरिया मेनिन्जाइटिस ब्याक्टेरिया घाँटी वा नाकको बाटो हुँदा शरिरभित्र प्रवेश गर्ने गर्छ ।

एक अध्ययनका अनुसार यो संक्रमण एक व्यक्तिबाट उनको पार्टनरमा मुख मैथुन र अन्य प्रकारको सम्पर्कबाट हुनसक्छ ।

जम्मा पाँच प्रकारका एन. मेनिन्जाइटिस संसारभरी हुने यौन संक्रमणका लागि जिम्मेवार छन् । यद्यपी, यो ब्याक्टेरियाका लागि दुईवटा खोप उपलब्ध छन् जसको मद्दतले यो ब्याक्टेरियाको प्रभाव कम गर्न सकिन्छ ।

माइकोप्लाजमा जेनिटेलियमः

माइक्रोप्लाजमा जेनिटेलियम संसारको सबैभन्दा सुक्ष्म ब्याक्टेरियामध्ये एक हो तर यसमार्फत् हुने यौनजन्य संक्रमण संसारको ठूलो समस्याको कारण बन्दै गएको छ ।

यसलाई सन् १९८० को दशकमा पहिचान गरिएको हो । यो ब्याक्टेरियाले अहिले लगभग १ देखि २ प्रतिशतलाई संक्रमित गरेको छ । विशेषगरी यो युवा र वयस्कमा तीब्र रुपमा फैलिरहेको छ ।

यो ब्याक्टेरियाका कारण बाँझोपन, गर्भपतन, समयअगावै प्रसव र भ्रुणको मृत्युसम्म हुनसक्छ ।

कन्डमको प्रयोगले यो संक्रमण पार्टनरलाई सर्नबाट जोगाउन सकिन्छ ।

अनुसन्धानकर्ताले एम. जेनिटेलियमलाई रोक्नका लागि एन्टीबायोटिक औषधी विशेषगरी एजिथ्रोमाइसिन र डक्सीसाइक्लिनको प्रयोग नगर्न सल्लाह दिने गर्छन् ।

शिगेला फ्लेक्जेनरीः

यसलाई शिग्लोसिसको नामले पनि चिनिन्छ । यो मानवीय मलको प्रत्यक्ष र अप्रत्यक्ष सम्पर्कमा आउँदा फैलने गर्छ । यो संक्रमणपछि अत्यधिक पेट दुख्न र झाडालगायतका समस्या देखिन्छन् ।

वैज्ञानिकका अनुसार एस. फ्लेक्जेनरी मूल रुपमा मुख मैथुन र मलद्वारमा यौनसम्पर्क गर्दा फैलन्छन् । संसारभरीका यस्ता संक्रमण तीब्र रुपमा सार्वजनिक भइरहेको छ ।

लिन्फोंग्रानुलोमा वेनेरेउम (एलजीवी):

क्लेमाइडिया ट्रेकोमाटिस नामको ब्याक्टेरियाका कारण पैदा हुने यो यौनरोग भयानक संक्रमणको कारण बन्न सक्छ ।

एलजीवीको संक्रमणका कारण अस्थायी डण्डीफोर, यौनाङ्गमा अल्सरको समस्या हुनसक्छ । त्यसपछि यसको ब्याक्टेरिया शरिरको लसिका तन्त्रिकामा आक्रमण गर्नेगर्छ ।

रेक्टल संक्रमण आन्द्रासँग जोडिएका रोगको कारण बन्नसक्छ । मलाशयको गम्भीर रोगको कारण पनि बन्नसक्छ ।

पछिल्लो एक दशकदेखि एलजीवी युरोप र उत्तरी अमेरिकामा तीब्र रुपमा बढ्दैछ । विशेषगरी यो रोग बाइसेक्सुअल र समलिङ्गीमा साधारण हुँदै गएको छ ।बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई