2026-09-08 04:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आहा ! चाँदी जस्तै टल्कीएको रारा (१९ तस्बिरमा हेर्नुहोस्)

दान बहादुर बुढा | माघ २३, मुगु | पर्यटकिय नगरि रारा हिउँले ढाकेर कपास जस्तै सेताम्य देखिएको छ । आकाशबाट हिउं थपिदै जाँदा रारा कपासको फुल जस्तै आकर्षण बनेको छ ।

वरपर हिड्ने बटुवादेखि निकुञ्जमा कार्यरत नेपाली सेनादेखि कर्मचारीसम्मको मन राराले भुलाएको छ । कामको हत्तार भएपनि ५ मिनेट पर्खिेर हिउले भरिएको सेताम्य रारा हेर्ने निकै रमाउनेहरुको भिड रारामा देख्न सकिन्छ । 

रारा तालको चारैतिर कोणधारी बृक्ष कपास फुले जस्तै देखिन्छन् । बीचमा निलो र कञ्चन सफा पानी । यस्तो मनमोह र आकर्षणयुक्त दृष्य बर्षको एक चोटी हिउँ परेको बेला देख्न पाईन्छ । पुस, माघमा सेताम्य हिउँ, चैत, बैशाखमा तालै वरीवरी ढकमक फुलेका लाली गुराँस, साउन/भदौ महिनामा फुल्ने बिभिन्न थरीका सप्तरंगी फुलले राराको शोभा बढाउने गरेको छ । 

रात भरि हिउ परेर पछिल्लो दिन आकाश खुल्दा त आहा ! रारा क्या राम्रो कपास फुले जस्तै देखे हेरिटे होटलका मालिक राज बहादुर कार्कीले भने “बिस्तारै सूर्य उदाउदै जादा रारा त झन चाँदी जस्तै टल्कीयो” । 

हिउँले सेताम्य भएको रारालाई क्यामेरामा कैद गर्दै थाकियो पन्तले भने “वरपर हिड्ने बटुवाले पनि फोटो खिच्दै हिड्छ्न् । उनले भने बृहत निलो तालमा वारीपारी हिउँले ढाकेपछि स्वर्ग जस्तै हुदो रहेछ । हिउँले हवाई र सडक मार्ग अबरुद्ध हुदा नराम्रो महसुस भएपनि सेताम्य रारा  हेर्दे बस्नु परेको गुल्मपतिको भनाई छ । हिउँ परेको बेला तालको पानी असाध्य तातो हुदा सरसफाई गर्न सजिलो हुने गरेको छ । 

निकुञ्ज क्षेत्रमा रहेका बिभिन्न प्रजातिका चराहरुले रुखबाट हिउँ खसालेर रारालाई जिस्क्याई रहेको जस्तो आवाज सुनिन्छ । घामले टल्काईरहेको सेताम्य राराको दृश्य हेर्न असल माछा उफ्रि रहेका हुन्छन् । ताल वरिपरिका कोणधारी रुखहरु दुई पटको हिउँले निहुरीएका छन । कोही रुखहरु हिउँ धान्न नसकि हाँगा भाँचिएका छन । रुखबाट कौवा, ढुकुर कालिजले हिउँ खसाल्दा जनावर तर्सिएर भाग्छन् । 

हिउँको जाडोले थरथरी मुटु कमाए पनि रारामा सेताम्य हिउँले असाध्यै रमाईलो लाग्ने गरेको छ । ताल वरिपरि कपास फुले जस्तै रुख हेर्न निकै आनन्द आउछ हिजो आज रारा आउदा संसार भुलीने गरेको नेपाल पत्रकार महाँसंघ शाखा मुगुका अध्क्षय नृपेन्द्र बहादुर मल्लले बताएका छन  । 

हिजो आज राराका हिँउमा रमाउन आएका सामानिक अभियानता बासु रावलका अनुसार राज्यले रारालाई अन्य मनोरन्जनात्मक पूर्वधारको बिकासमा जोड दिएको देखीदैनन् । गएको बैशाख महिना कर्णाली प्रदेश सरकारले पर्यटन बर्ष शुभारम्भ गरेको छ । बर्तमान सरकारका प्रधान मन्त्री केपी शर्माओलीले रारा तलको छेउमा बसी राराको बिकास गर्नको लागी सरकार र आफु अघी लागेको देश बासीका नाममा जानकारी दिए पनि अहिलेसम्म राराको बिकासको लागी गुरुयोजना नबनाईएको रारा तालको बिकासकोलागी कुनै निकाय बाट पहल नदेखीएको बताउन्छन । 

सेताम्य राराको सौदन्र्य हेर्न तिब्बत मानसरोवर र भारत साइबेरिया तालबाट हाँस, करयाङकुरुङका सयौ बथानहरु पाहुनाको रुपमा रारा आएका छन्  हिउँ पग्लिए संगै गर्मी शुरु भएपछि फेरी उतै फर्किन्छन् । 

समुद्री सतह देखि २९ सय ९० मिटर उचाईमा रहेको राराले दुई थरि इतिहास बोकेको छ । छा“यानाथ शिव ज्यूको पूजाको लागि राखिएको पानीको ओमखरा भनेर चिनिन्छ । डुङ्गा चढेर सेनाको क्याम्प बाट पारि मिलिचौर उत्रिन टपक्कै तीन लाग्ने र ताल वरिपरि एक तर्फी फन्को मार्ने करिव ६ घण्टा भन्दा बढी समय लाग्ने मुमार्का पर्यटक ब्यावसाय देबिकृण रोकायाले बताए । 

राराको लम्बाई ५ हजार मिटर, चौडाई ३ हजार मिटर र गहिराई १ सय ६७ मिटर रहेको छ । कवि महेन्द्र बीर बिक्रम शाहले रारा लाई स्वर्ग कि अप्सरा भनेर कबिता उल्लेख गरेका छन् । असार साउ“न महिनाका सप्तरङ्गी फुल माथि भमरा र माहुरीको गुनगुन आवाजले राराको सौन्दर्य झनै आनन्दमय हने गरेको र बिभिन्न चराहरुको आवाजले गुन्जायमान बनाउ“ने गरेका छन । 

राराको अर्को बिशेष्ता बिश्वमा दुर्लभ असला जातका माछा, रानी ट्राउट भ्यागुत्तो रहेको छ । भने डा“फे, कालीज, लाटोकोसेरो,ढुकुर, चिल, हा“स लगायत ३ सय प्रजातिका चराहरुको बास्थान रहेको छ । कस्तुरी,  रेडपाण्डा, मृग, घोरल, भालु, झारल, स्याल, रतुवा, लगायत बन्यजन्तु सहित गुच्ची च्याउ“,पा“च औले, जटामासी जडिबुटी पाइने गरेको निकुञ्जको कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ