2026-09-19 06:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खोटाङ नेकपामा खैलाबैला ! पार्टी परित्याग गर्नेको लर्को

माघ २३, खोटाङ | चार दिन अगाडी खोटाङ नेकपाका युवा उद्यमी कांग्रेस प्रवेश गरे । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ हुर्लुङमा मिरमिरे मिनरल वाटर उद्योग सञ्चालन गरिरहेका पुर्व माओबादी निकट शेर्पा मुक्ती मोर्चाका जिल्ला अध्यक्ष फुर्वा शेर्पा गत आईतबार (माघ २०) कांग्रेसमा प्रवेश गरे ।

त्यसअघि दिप्रुङ चुइचुम्मा गाउँपालिकाबाट नयाँ शक्तिका वडाध्यक्षका उम्मेद्वारसहित सहित झण्डै दुइ दर्जनबढी नेकपाका कार्यकर्ता कांग्रेसमा प्रवेश गरे । वर्तमान अवस्थामा नेकपाको काम कारवाहीप्रती असन्तुष्ट र विपक्षी पार्टीको आस्था र विचार मन परेको भन्दै उनीहरुले पार्टी परित्याग गरेको बताएका थिए । पछिल्लो समयमा नेकपालाई कार्यकर्ताले कुन वेला पार्टी परित्याग गर्छन भन्नेमा दुविधा छ । देखिन्छ ?

यस्तै, बुधबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका पुर्वगाबिस अध्यक्ष अञ्चल राई संघीय समाजबादी फोरममा प्रवेश गरेका छन् । नेकपामा क्रियासिल राई संघीय समाजबादी फोरममा प्रवेश गरेका हुन् । संघीय समाजबादी फोरमको दिक्तेलस्थित पार्टी कार्यालयमा भएको जिल्ला कमिटिको बैठकमा स्वास्थ्य मन्त्रीका प्रमुख सल्लाहकार डा. केके राईले अञ्चललाई पार्टी प्रवेश गराएका छन् । 

२०४९ सालमा तत्कालिन कांग्रेसबाट गाबिस अध्यक्ष बनेका अञ्चल, पुर्वमाओबादी निकट जनप्रगतिशिल मञ्च बहराईनका पुर्वसंयोजक नगेन्द्रराज चामलीङ र चाम्लिङ खाम्मात्तिम जिल्ला अध्यक्ष तथा पुर्व शिक्षक संघका जिल्ला सदस्य रामधन राई पार्टी प्रवेश गरेको संघीय समाजबादी फोरम खोटाङका कोषाध्यक्ष निर्मल राईले बताए । 

तश्वीरमा: पार्टी प्रवेश गराउदै संघीय समाजबादी फोरमका केन्द्रिय सदस्य डा. केके राई । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई