पढ्न करिब 1 मिनेट लाग्छ

माघ २५, काठमाडौं | काठमाडौंबाट १ सय ६ जना यात्रु बोकेर दिल्ली पुगेको नेपाल वायुसेवा निगमको एयरबस ३२० खराब मौसमका कारण अवतरण नगरी काठमाडौं फर्किएको छ ।

निगमका प्रवक्ता नवराज कोइरालाका अनुसार दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको खराब मौसमका कारण विमान अवतरण हुन नसकेको हो । ‘आधी र हावाहुरीका कारण विमान काठमाडौं फर्किएको हो,’ उनले भने । बिहीबार बेलुकी अन्य थुप्रै उडान दिल्लीमा अवतरण हुन नसकेर फर्किएको थिए ।

आरएनए २१७ नम्बरको यो उडान बिहीबार बेलुकी साढे ५ बजे काठमाडौंबाट उडेको थियो । यो रुट एकतर्फी १ घण्टा ५० मिनेट हाराहारी समय लाग्छ विमान साँझ साढे ८ बजे काठमाडौंमै अवतरण भएको थियो ।

- यो समाचार कान्तिपुरमा छापिएको छ ।