2026-07-25 04:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रिसको आवेगमा गर्भवती श्रीमतीको हत्या, लाससँग रात बिताएर बिहान गरे आत्मसमर्पण

  माघ २७  । रिसको झाेँकमा एक जनाले आफ्नी गर्भवती श्रीमतीको हत्या गरेका छन् । तर अचम्म लाग्ने कुरा के भने, उनी त्यो रातभर घाँटी रेटिएकी आफ्नी श्रीमतीसँगै सुते र बिहानै प्रहरीमा गएर आत्मसमर्पण गरे ।यो घटना भारतकाे महाराष्ट्र प्रदेशको उस्मानाबाद भन्ने ठाउँको हो । प्रहरीका अनुसार विनोद धानसिंह पवार नाम गरेका ती व्यक्ति ओमरेगा तहसीलमा बस्छन् ।

बिहीबार सामान्य कुरामा आफ्नी श्रीमती प्रियंका राठोरसँग विवाद भएपछि उनले यो घटना निम्त्याएको हुनसक्ने प्रहरीले बताएका छन् ।  

प्रियंका तुलजापुरमा नर्सको काम गर्थिन् । विनोद बोरवेल कमिशनमा एजेण्टको काम गर्थे । उनीहरुको विवाह भएको नौ महिना मात्र भएको थियो । प्रियंका पाँच महिनाकी गर्भवती थिइन् । मुरुम प्रहरी स्टेशनका एक अधिकारीले बताएअनुसार हत्या गरेपछि विनोद रातभर शवसँगै सुते र शुक्रबार बिहान आत्मसमर्पण गर्न प्रहरी थानामा पुगेका थिए । उनले त्यहाँ आफूले अपराध गरेको कुरा स्वीकारेका थिए ।

प्रियंकाको परिवारले विनोद उनीसँग पैसाको लागि झगडा गर्ने गरेको बताएका छन् । पछिल्लो समय पैसाको माग गर्दै उनीसँग विवाद गरिरहेको उनको परिवारले आरोप लगाएको छ । प्रहरी यस विषयमा अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र सशक्त बनाउनुपर्छ : पुष्पकमल दाहाल भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली