२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जन्ती नाच्दा एक्कासि भाँच्चियो पुल, बेहुलासहित १५ जना नालीमा खसे

२८ माघ २०७५, सोमबार ०५:५९

माघ २८ । विवाहमा जन्ती खुबै नाच्छन् । बाजागाजासहित बेहुली लिन गएका जन्ती आफूले सक्ने जती जिउ मर्काउँछन् र खुट्टा बजार्छन् । तर शनिबार राती जन्तीको यही नाचले भारतको नोयडास्थित एउटा पुल भाँच्चिदा बेहुलालगायत लगभग १५ जना नालीमा खसेका छन् । जसमा दुई बालक घाइते भएका छन् ।

घटना साढे ९ बजेको हो । बेहुलालगायत १५ जना सानो पुलमाथि नाचिरहेका थिए र यो एक्कासी भाँच्चियो । नालीमाथि बनाइएको उक्त पूलले ओलिभ गार्डेन वेडिङ ब्यान्क्वेटको हलबाट त्यसको बगैंचालाई जोड्छ । प्रत्यक्षदर्शीका अनुसार जन्तीहरु उक्त पूलमाथि करिब १० मिनेटसम्म नाचेका थिए ।

घटनापछि ब्याङ्क्वेट हलका मालिकले बेहुलाको परिवारलाई तीन लाख भारु क्षतीपूर्ती दिएको छ । त्यसपछि बेहुलाले लुगा फेरेर विवाहको कार्यक्रममा सरिक भए ।

३५ वर्षे बेहुला अमित यादव इन्दिरापुरमका व्यापारी हुन् । यस्तै ३२ वर्षे सोनम दिल्लीकी बासिन्दा हुन् । सोनमका बुवा फूल कुमारले फेब्रुअरी ९ तारिखमा उक्त पार्टी प्यालेस बुक गरेका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य