<"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

<"/>
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रेम दिवसको अवसरमा गायक शिव परियारले ल्याए यस्तो गीत (भिडियोसहित)

२०७५, २८ माघ सोमबार ०८:१८

माघ २८, काठमाडौं | नेपाली सुगम संगीतका निक्कै लोकप्रिय तथा चर्चित गायक शिव परियारको नयाँ गीत "तिमि नै मेरो सास हौ" को भिडियो सार्वजनिक गरिएको छ । प्रेम दिवसको अवसर पारेर सार्वजनिक गरिएको 'तिमि नै मेरो सास हौ' गीत प्रेम दिवसमा आफ्नो दर्शक तथा स्रोतालाई उपहार लिएर आएको गायक परियारले बताए ।

सार्वजनिक गीतमा एकनारायण भण्डारीको अत्यन्तै मिठो शब्द रहेको छ भने आशिष अविरलको जादमयी संगीत तथा एरेन्ज रहेको छ । गीतमा आसुको अर्थ बाट निकै चर्चामा आएका जोडी स्वस्तिमा खड्का र आकाश श्रेष्ठले अभिनय गरेका छन् । यहि जोडीको अभिनय, शिवकै स्वर र शिवकै युट्युब च्यानलबाट सार्बजनिक गरिएको ‘आशुको अर्थ’ बोलको गीतले केहि समय अघि मात्रै १ करोड बढि भ्युज पाएको थियो । गायक शिव परियारको शिवालय एल्बममा समाबेश उक्त गीतमा अहिलेका चर्चित तथा लोकप्रिय नायक नायिकाको खुलस्त रोमान्स देख्न सकिन्छ ।

सुहाना क्रियसनको प्रस्तुति रहेको सो भिडियो लोभलाग्दो र आकर्षक बनेको छ ।  बुद्ध थापाले छायांकन गरेको उक्त गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् भने बिकाश धमलाले सम्पादन गरेका हुन् । भिडियोमा सुबोल थापाको कोरियोग्राफी रहेको छ ।भिडियोलाई शिवले आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन्  ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै