2026-09-21 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावरमा छापा: कामदारलाई म्यानपावरमै थुनेर पैसा अशुली गर्दै गरेको भेटियो (भिडियो सहित)

माघ २८, काठमाडौं । बैदेशिक रोजगार विभागले सामाखुसीमा रहेको चार्टर्ड ग्लोबल एच आर सर्भिसमा छापा मारेको छ । म्यानपावरले अबैध रुपमा रकम लिन लागेको गुनासो पाएपछि विभाग टोलीले म्यानपावर कम्पनीमा छापा हानेको हो ।

म्यानपावरले दुवईको चाइना पेट्रोलियम इन्जिनियरिंङ कन्स्ट्रक्सन कम्पनीमा लेवर कोटाको लागि प्रतिव्यक्ति १ लाख ५० हजार लिएको गुनासो बैदेशिक रोजगार मोबाइल एपमा आएपछी सोहि सूचनाको आधारमा उक्त म्यानपावरमा छापा हानेको हो । सुर्खेतका दुई युवाले सो गुनासो गरे लगत्तै बैदेशिक रोजगार एप मार्फत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र बैदेशिक रोजगार विभागको ध्यानाकर्षण भएको थियो । ध्यानाकर्षण लगत्तै विभाग टोलि आइतबार सांझनै उक्त म्यानपावरको अनुगमनमा  पुगेको थियो तर आइतबार साँझ ढिला भएका कारण म्यानपावर कम्पनी बन्द भएकोले  विभाग टोलिले सोमबार (आज) म्यानपावरमा छापा हानेको हो । 

आज विभाग टोलि र संचारकर्मी सहित म्यानपावर कम्पनीमा पुग्दा २/३ जना कर्मचारी बाहेको कोहि थिएन । सूचनाको आधारमा छापा मार्न पुगेको टोलीले म्यानपावर सुनसान जस्तै देखेका थिए तर पछी थाहा भयो कि कामदारलाई कोठा भित्रै राखेर लक गरि रकम अशुली गरिएको थियो । भीत्र बाट पैसा बुझाउने कामदारले भीत्र रहेको सूचना दिएपछी १ लाख ३० हजार गन्दै गरेका म्यानपावरका एजेन्ट पैसा टेवलमै छाडेर उक्त कोठाबाट बाहिरिएका थिए । आफुहरुलाई भित्र थुनेर पैसा अशुली गरेको र अनुगमन टोली आएको थाहा पाएपछि पैसा लिएको छैन भन्ने बहाना बनाउन गन्दै गरेको पैसा टेवलमै छाडेर बाहिरिएको कामदारहरुले बताएका छन् । 

विभाग टोलि म्यानपावर कम्पनीमा पुगेको जानकारी पाए लगत्तै रकम लिंदै गरेका व्यक्ति पैसा लिएको छैन भन्दै बाहिर निस्केका थिए । १ लाख ५० हजार मागेको म्यानपावरले यसअघि एजेन्ट मार्फत २०/२० हजार रकम लिईसकेको पीडितले जानकारी दिएका छन् । 

म्यानपावर कम्पनीबाट डिमाण्डका पुर्व र अन्तिम फाइल, विभिन्न रसिद लगायत नगद १ लाख ३० हजार सहित सामाग्री विभागको अनुगमन टोलीले जफत गरेको छ । साथै रकम लिंदै गरेका कर्मचारी र म्यानपावर संचालकलाई बयानका लागि नियन्त्रणमा लिएर विभाग लगेको छ । विभागले आवश्यक अनुसन्धान गरि पीडितलाई सरकारले तोकेकै रकममा दुवई पठाउने र आवश्यक थप अनुसन्धान गर्ने जानकारी दिएको छ । 

भिडियो हेर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो