Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नेकपाको राजनीतिक प्रतिवेदन गायबः अध्यक्षद्वय ओली र प्रचण्डबीच नै मनमुटाव

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन १, काठमाडौँ | नेपाल कम्युनिस्ट पार्टीभित्र राजनीतिक प्रतिवेदनको खोजी शुरु भएको छ । स्थायी समिति बैठकमा अध्यक्षद्वयले पेस गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहित प्रकाशित गर्ने निर्णय गरेको एक महिना बितिसक्दा पनि राजनीतिक प्रतिवेदन सार्वजनिक हुन सकेको छैन ।

गत मंसिर २९ गतेबाट शुरु भएको स्थायी समितिको बैठक पुस ९ गते सकिएको थियो । बैठकले अध्यक्षद्वयले पेस गरेको राजनीतिक प्रतिवेदन परिमार्जन गर्न सुझाव दिएको थियो । सुझावलाई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले स्वीकार गर्नुभएको थियो ।

स्थायी समिति बैठकले गरेको निर्णयअनुसार राजनीतिक प्रतिवेदन सचिवालयमा पेस गर्नुपर्ने भएपछि अध्यक्षद्वयले प्रतिवेदनलाई अझै पूर्णता दिन सक्नुभएको छैन ।

शीर्ष नेतृत्वमा देखिएको विवादका कारण पार्टीको सांगठनिक एकता प्रक्रिया लम्बिदैँ आएको छ भने राजनीतिक प्रतिवेदनले समेत पूर्णता पाउन सकेको छैन । स्थायी समितिको बैठकमा नेताहरुले अध्यक्षद्वयले संयुक्त रुपमा पेश गरेको राजनीतिक प्रतिवेदनको चर्को आलोचना भएको थियो ।

- यो समाचार आजको नेपाल समाचारपत्रमा मधुसून रायमाझीले लेखेका छन् ।