२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेरि मौसममा गडबढ: केही दिन मौसम प्रभावित हुने

३ फाल्गुन २०७५, शुक्रबार ०१:४६

फागुन ३, काठमाडौँ | भू–मध्य सागरको वायुको प्रभावले फेरी देशैभरीको मौसम प्रभावित भएको छ । सोही प्रभावले गत साताझै मध्यमदेखि हल्का वर्षा र हिमपात फेरी दोहोरिएको छ । उच्च पहाडी र हिमाली भेगमा यो क्रम अझै केही दिन जारी रहने भएको छ । भू–मध्य सागरको उच्चवायु मण्डलमा विकास भएको प्रणालीको असरले देशैभरीको मौसमलाई प्रभावित बनाएको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले जानकारी दिनुभयो ।

निरन्तर ठूलो वर्षाको संभावना नरहेपनि छिटफुट र मध्यम वर्षा दोहोरिने बताउँदै उहाँले भन्नुभयो–‘अब २÷३ दिन मौसम प्रष्ट खुल्ने छैन, घमाइला दिन खासै हुने छैनन्, मौसम गडवढ भइरहन्छ ।’

केही दिन मौसम प्रभावित हुने

यसको प्रभावले सुधारउन्मुख तापक्रम फेरी घट्ने रिमालले बताउनुभयो । सिरिया, इरान, अफगानिस्तान, पाकिस्तान, उत्तरपश्चिम भारत हुँदै मंगलबार बेलुका सुदुर पश्चिम भित्रिएको पश्चिमी न्यून चापिय प्रणालीको असरले बुधवारदेखि नै पश्चिमी भेगको मौसम प्रभावित बनाएको छ । महाशाखाले सार्वजनिक गरेको बुलेटिन अनुसार शनिवारसम्म मौसम प्रत्यक्ष प्रभावित रहने छ ।

अन्यत्रको तुलनामा विहीवार पश्चिमी भेगको मौसम केही बढी प्रभावित भएको थियो भने आज शुक्रवार पनि सोही भेगमा सो प्रभाव यथावत रहने रिमालले बताउनुभयो । ‘शनिवार भने मध्य र पूर्वीभेगको मौसम केही बढी प्रभावित बन्ने गतिविधी विकास भइरहेको छ’–उहाँले भन्नुभयो । विहीवार डडेलधुरा, विरेन्द्रनगर, नेपालगञ्ज, धनगढी, दाङ, जुम्ला, दिपायल, भैरहवा लगायत आसपासका भेगमा हल्का र मध्यम वर्षा भएको महाशाखाको तथ्यांक छ ।

- यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली