२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया रोजगारी : संसदीय समितिमा चर्काचर्की

३ फाल्गुन २०७५, शुक्रबार ०२:०८

फागुन ३, काठमाडौँ | नौ महिनादेखि बन्द मेलेसिया रोजगारीको विषयलाई लिएर बिहीबार प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सांसदहरुबीच चर्काचर्की भएको छ । 

समितिका सभापति विमलप्रसाद श्रीवास्तवसँग चर्काचर्की भएपछि बैठक नसकिँदै अधिकांश सदस्य बाहिरिए । समितिले मेलेसियामा नेपाली कामदार पठाउने प्रक्रिया सुरु गर्न, भारत, मलेसिया, संयुक्त अरब इमिरेट्स तथा इजरायलका लागि नवनियुक्त राजदूतसँग उद्योग, वाणिज्य र श्रमका विषयमा छलफल गर्न बैठक बोलाएको थियो । 

नवनियुक्त राजदूतहरुसँगको छलफल जारी रहँदा सौहार्दपूर्ण तरिकाले बैठक सुरु भएको भए पनि मलेसिया रोजगारीको विषय प्रवेशसँगै विवाद उत्पन्न भयो । समिति सभापति श्रीवास्तवले मलेसिया रोजगारी बन्द हुँदा परेका समस्याबारे बोल्न वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङलाई अनुमति दिँदा सांसदहरु एलपी साँवा लिम्बु र कृष्णप्रसाद श्रेष्ठले गणपूरक (कोरम) नपुगेको भन्दै बैठक स्थगित गर्न माग गरे । 

११ जना सांसद उपस्थित बैठकमा लिम्बु र श्रेष्ठले कोरम नपुगेको भन्दै गुरुङलाई बोल्न अवरोध गरेपछि समितिका सभापति श्रीवास्तवले छलफल अघि बढाउन निर्देशन दिए । छलफलमा लागि बोलाइएको बैठकमा गणपूरक संख्या आवश्यक नपर्ने भन्दै श्रीवास्तवले लिम्बु र श्रेष्ठलाई विवाद नगर्न आग्रह गरे । 

समिति सभापति श्रीवास्तवले बिहीबारको बैठक छलफलका लागि बोलाइएको र गणपूरक सँख्या नपुगी कुनै निर्णय नहुने बताउँदा-बताउँदै लिम्बु र श्रेष्ठ बाहिरिए । उनीहरु बाहिरिएपछि बैठकमा उपस्थित अन्य सांसद पनि सँगै हिँडे ।

- यो समाचार आजको नागरिक दैनिकमा रुद्र खड्काले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली