१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निमोनिया भनेको के हो ? यसका लक्षण र बच्ने उपाय यस्ता छन्

३ फाल्गुन २०७५, शुक्रबार ०८:०५

प्रमिला घिसिङ | निमिनिया भनेको फोक्सोमा हुने एक प्रकारको रोग हो | यो अति सुक्ष्म किटाणु, ब्याक्टेरिया, भाइरस, फंगसको कारण लाग्ने गर्दछ | निमोनिया वातावरण प्रदुषणको कारण स्वासप्रस्वसको माध्यमबाट मानिसको फोक्सोमा हुने संक्रमण नै निमोनिया हो |

निमोनिया कसरी लाग्छ ? 

निमोनिया अति सुक्ष्म किटाणु, ब्याक्टेरिया, भाइरस र फंगसको कारण लाग्दछ |

कति वर्षको बालबालिकाम कस्तो निमोनिया लाग्छ ?

जन्मेदेखि ३ हप्ता देखि ३-४ वर्ष उमेरको बालबालिकामा (स्ट्रेप्टोकोकस) नामक निमोनिया  लाग्छ, ५ वर्ष पछिको बालबालिकामा (माइकोप्लासमा) नामक निमोनिया लाग्ने गर्दछ |

निमोनियाको लक्षण के – के हुन् ? 

सामान्य रुघाखोकी लाग्नु, ज्वरो आउनु, सास फेर्न गार्ह्रो हुनु, शरीरमा निलो दाग देखा पर्नु, टाउको दुख्नु, मुटुको चाल गडबड हुनु, आखा रातो हुनु, सिगान बग्नु जस्ता लक्षण देखा पर्दछ |

निमोनियाका कारक तत्वहरु के-के हुन् ?

धुम्रपान: धुम्रपान गर्ने मानिसमा फोक्सोमा समस्या देखा पर्दछ, यसले निमोनिया पनि उतपन्न गर्दछ |

मादक पदार्थ सेवन: मादक पदार्थ सेवनले फोक्सोमा नराम्रो समस्या निम्त्याउछ, यसरीनै मादक पदार्थ सेवन गर्ने मान्छे पनि निमोनियाको सिकार बन्दछ |

उमेरमा वृद्दता: उमेरमा वृद्दता संगै निमोनियाको समस्या पनि हुने गर्दछ |

एन्फ़्लुएन्जा भाइरल ज्वरो: यसले पनि निमोनिया निम्त्याउछ |

निमिनियाबाट बच्ने उपायहरु यस्ता छन्:-

१ ) बच्चालाई अरु बेलाको तुलनामा धेरै पटक आमाको दुध खुवाउने,

२ ) बच्चालाई धुलो र फोहर वातावरनमा खेल्न नदिने,

३ ) बच्चा जन्मेदेखि ६ महिना सम्म आमाको दुध मात्र खुवाउने, त्यसपछि आमाको दुध संगै पोषिलो खानेकुरा घ्यु, गेडागुडी, फलफुल, जाउलो जस्ता खानेकुरा खुवाउने,

४ ) बच्चालाई हावा आउन जान सक्ने सफा कोठामा राख्ने,

५ ) बच्चालाई एक वर्षमा खोपको मात्रा पुरा गर्ने,

६ ) बच्चालाई मौसमअनुसारको कपडा लगाईदिने |

(डा. सुरज घिमिरे सिमाम्स मेडिकल हल बागडोल,ललितपुरका फर्मासिस्ट हुन् )

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल