2026-09-20 09:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेश पठाउने कन्सल्टेन्सीको ठगी धन्दा, सञ्चालकहरू फोन अफ गरेर बेपत्ता

फागुन १०, काठमाडौं | मिनी म्यानपावरको रुपमा खुलेका शैक्षिक परामर्शदाताको कमजोरीका कारण अस्ट्रेलियामा ७ सय ४३ विद्यार्थीको भविष्य अन्योलमा परेको छ ।

अस्ट्रेलियन सरकारले नर्सिङ कोर्सको सम्बन्धन नदिएको अस्ट्रेलिन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआईबीटी) मा मनपरी रुपमा विद्यार्थी पठाएपछि त्यहाँ पढाइ सकेर प्रमाणपत्र लिने अवस्थामा पुगेका विद्यार्थीको भविष्य अन्योलमा परेको हो ।

सम्बन्धन नै नदिएको एआईबीटी कलेजमा सबैभन्दा बढी विद्यार्थी पठाउने कन्सल्टेन्सीमा एक्सपर्ट रहेको छ । एक्सपर्टबाट मात्रै करिब २ सयको हाराहारीमा विद्यार्थी गएका छन् । त्यसपछि मर्सी, कंगारु, अल्फाबिटा, काठमाडौं इन्फोसिस, इम्पल्स, सनराइज, एनमार्क पोखरा, मोडल ग्लोबल, एबीसीलगायत तीन दर्जन कन्सल्टेन्सीबाट ती विद्यार्थी सिड्नीस्थित एआईबीटीमा पढ्न पुगेका हुन् ।

बढी कमिसन आउने लोभमा परेका ती कन्सल्टेन्सीले मनपरी रुपमा विद्यार्थी पठाउँदा समस्या देखिएको हो । अहिले एआईबीटीमा भर्ना गर्ने कन्सल्टेन्सीका अधिकांश सञ्चालकको फोन अफ रहेको छ । गलत क्रियाकलाप गरेका कारण उनीहरु फोन अफ गरी बेपत्तासरह भएका छन् । नेपालमा केही कन्सल्टेन्सीले अस्ट्रेलियामा समेत कन्सल्टेन्सी खोलेर विद्यार्थीबीच चलखेल गर्न यस्तो रणनीति अपनाएको हुन सक्ने आशंका गरिएको छ ।

अस्ट्रेलियामा एक्सपोर्ट, अल्फाबिटा, कंगारुका लोकल कन्सल्टेन्सी सञ्चालित छन् । स्रोतका अनुसार अस्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीलाई अर्को कलेजमा ट्रान्सफर गर्दा मनग्य नाफा हुने भएपछि समस्यामा परेका विद्यार्थीलाई नेपालका कन्सल्टेन्सीको बद्नाम गर्न खोजिएको हो । यो खबर आजको समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो