भाष्कर के.सी । फाल्गनु ११, कञ्चनपुर । मदन पुरस्कार विजेता लेखक रामलाल जोशीको पहिलो उपन्यास सखीको विमर्श एवं अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार भएको अन्तरक्रिया कार्यक्रममा शिद्धनारायण आर्चाय‘काका’ ले स्वागत मन्तव्य राख्नु भएको थियो भने सखी पुस्तको बारेमा वक्ताहरु सुप विश्वविद्यालयका प्रध्यापक खगेन्द्र जोशी, अनिता चोधरी र विजय विश्वकर्माले किताबमा रहेका पात्रहरुको उनको औचित्य प्रष्ट पार्नु भएको थियो भने स्वयम लेखकले पनि पात्र र पुस्तकको बारेमा बताउनु भएको थियो ।

सखी उपन्यासमा चौधरी समुदायका चेलीबेटीहरुलाई कमलारी प्रथामा उनीहरुको दुःख र भोगाईलाई साहित्यकार जोशीले जस्ताको तेस्तै उर्तान खोजेका छन् ।

सदाबहार साहित्य समाजले आयोजना गरेको उक्त कार्यक्रममा सदावहार साहित्य समाजका अध्यक्ष चुडामणी अवस्थीको सभापतित्वमा, प्रमुख अतिथीमा मदन पुरस्कार विजेता तथा सखी पुस्तकका लेखक रामलाल जोशी रहनु भएको थियो ।

सखीको विमर्श एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment