2026-07-25 02:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नख्खु विस्फोटमा विप्लव समूहको संलग्नता

फागुन १२, काठमाडौं । एक जनाको ज्यान जाने गरी भएको नख्खु बम विस्फोटमा विप्लव समूहको संलग्नता देखिएको गृहमन्त्री रामबहादुर थापा बादलले बताएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित गृहमन्त्री बादलले समानन्तर सत्ताको अभ्यास गर्ने क्रममा विप्लव समूहले घटना घटाएको दाबी गरेका हुन् ।

सरकारले प्राप्त गरेको विप्लव समूहका पछिल्लो बैठकका निर्णयहरुले पनि त्यही देखाउने भन्दै उनले भने, ‘कसैले पनि जिम्मेवारी लिएको छैन तर, विशेष गरेर यस्ता घटना नेकपा विप्लव समूहले गराउँदै आएको छ ।’

उनका अनुसार २१ वटा जिम्मामा एनसेलको टावरमा आगजनीको प्रयास भएको छ । प्रदेश १ बाहेक सबै प्रदेशमा आगजनीको घटना भएको र यो विप्लव समूहको केन्द्रीय योजनाअनुसार नै भएको पाइएको गृहमन्त्रीले बताए । विप्लव समूहको योजना समानान्तर सरकार चलाउने भएको तर, अहिले लगानी सम्मेलनलाई लक्षित गरेको उनले बताए । उनले विगतमा कतिपय अवस्थामा उन्मुत्ति दिँदा संविधान विरोधी तत्वहरु हौसिएको उनको विश्लेषण छ ।

गृहमन्त्री बादलले शान्ति सुरक्षा सुदृढ गर्न ठोस कार्ययोजना बनाउने प्रतिवद्धता समेत जनाएका छन् ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ आइतबार काठमाडौँको सिहंदरबारमा राज्य व्यवस्था तथा सुशासन समितिको बैंठकमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्ने विधेयक सम्बन्धमा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै । तस्वीर: चन्द्रकला क्षेत्री, काठमाडौँ, रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक