2026-07-25 02:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुबईका लागि उडेको विमान अपहरण प्रयास विफल, अपहरणकारी नियन्त्रणमा

फागुन १२, ढाका, बङ्गलादेश (रासस/सिन्ह्वा) | बङ्गलादेशबाट दुबईका लागि उडेको विमान बङ्गलादेश एअरलाइन्सका चालकदलका सदस्यले जहाज अपहरण गर्ने प्रयासलाई विफल पारिदिएका छन् । 

आइतबार एक जना सन्दिग्ध व्यक्तिले विमानको ककपिटमा जबरजस्ती छिर्न खोजेको तर चालक दलका सदस्यले उक्त प्रयासलाई विफल पारेको बताइएको छ । 

बङ्गलादेशी सेनाको इन्टर सर्भिस पब्लिक रिलेसन (आइएसपिआर) का अधिकारीका अनुसार बिजी १४७ नम्बरको दुबईका लागि भएको बोइङ ७३७ विमानलाई शाह अमानत अन्तर्राष्ट्रिय विमानस्थल, छट्टोग्राममा आकस्मिक अवतरण गराइएको छ । 

ढाकाबाट दुबईका लागि उडेको करिब दुईघण्टापछि राजधानीबाट करिब २४२ किलोमिटर दक्षिणपूर्वमा रहेको उक्त शाह अमानत अन्तर्राष्ट्रिय विमानस्थलमा साँझ ५:४० मा अवतरण गराइएको आइएसपिआर स्रोतले जनाएको छ । 

प्राप्त पछिल्लो जानकारी अनुसार विमानमा रहेका सबै यात्रुहरूलाई सुरक्षितरूपमा विमानबाट बाहिर निकालिसकिएको एक सुरक्षा अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा सिन्ह्वालाई बताए । 

उनले भने, “जहाज अपहरण गर्ने प्रयास भएको हामीलाई थाहा भएको छ ।” तर यसबारे विस्तृत विवरण बाहिर आइसकेको छैन । विमान अपहरणबारे आधिकारिक प्रतिक्रिया भने हालसम्म प्राप्त भएको छैन । 

शाह अमानत अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण गराइएपछि विमानस्थललाई सम्पूर्णरूपमा खाली गरी सुरक्षाकर्मीको घेरामा राखिएको छ । 

“अहिले सबैकुरा नियन्त्रणभित्र आइसकेको छ,” आइएसपिआरका अधिकारीले बताए । 

विमान अपहरण गर्न खोज्ने व्यक्तिलाई अहिले सुरक्षा नियन्त्रणमा लिईएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक