Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

वैदेशिक रोजगारीमा ठगीका अनेक रुपः फेसबुकमा चिनजान बैंकमा रकम

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन १४, काठमाडौँ – करिब दुई वर्षअघि आफूलाई पोर्चुगलमा बसोबास गरिरहेको बताउने बिनिता लामाले आङदोमा शेर्पालाई फेसबुकमा साथी बनाउन ‘रिक्वेस्ट’ पठाइन् ।

पोर्चुगलमा न आफन्त न साथी नै भएकी रामेछाप, रसनालु–३ की आङदोमालाई सुरुमा ‘रिक्वेस्ट’ स्वीकार गर्न अप्ठेरो लाग्यो । त्यसैले उनले केही समयसम्म विनिताको ‘रिक्वेस्ट’ स्वीकार गरिनन् ।

लामो समयसम्म साथी नबनेपछि विनिता आङदोमा बस्दै आएको बालाजुमै पुगिन् । र, उनीहरु प्रत्यक्ष चिनजान भयो  । नुवाकोट, सुनाखानीकी विनिता र आङदोमाको सुरुको भेट निकै रोमाञ्च भयो ।

विनिताले रोजगारीका लागि पोर्चुगल निकै राम्रो गन्तव्य रहेको र राम्रो पारिश्रमिक पाइने समेत प्रलोभन देखाइन् ।

यता त्यस्तो प्रस्ताव गर्ने विनिता त्यतिबेलासम्म सम्पर्कविहिन भइसकेकी थिइन । तर, फोन र अन्य माध्यमबाट कुराकानीको क्रम भने जारी राखिन् ।

विनिताले भने अनुसारको पोर्चुगल जान लाग्ने रकम जोहो गरेपछि आङदोमा र उनका साथीहरुले त्यो रकम विनिताले भनेको व्यक्ति पार्वती तामाङको नाममा रहेको बैंक खातामा जम्मा गरिदिए । आङदोमाले नागरिकसँग भनिन्, रकम लिएको लामो समयसम्म पोर्चुगल उड्न नपाएपछि खोजी गर्दा विनिता काठमाडौँमै फेला परेपछि मात्र ठगीमा परेको खुल्यो ।’