२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भुराभुरी भनेर अपमानित गरे, प्यारप्यार बोली भनेर बैठकमै हप्काए : रञ्जु दर्शना

१७ फाल्गुन २०७५, शुक्रबार २१:००

फागुन १८, काठमाडौं – अभियोग १ : विनाअध्ययन र विनादर्शन राजनीतिमा प्रवेश गर्नुभयो । त्यही भएर काठमाडौंको मेयरको उम्मेदवार बनेर जति चाँडो ‘राजनीतिक सेलेब्रिटी’ बन्नुभयो, अहिले त्यसरी गुमनाम हुनुभयो ।

स्थानीय तहको निर्वाचन ०७४ वैशाख ५ गते उम्मेदवारी दिएपछि मात्रै म राजनीतिमा लागेको होइन । ०७० को असोज/कात्तिकदेखि नै म सक्रिय राजनीतिमा छु । यो आरोप यहीँबाट क्लियर गर्दै जाऊँ । म राजनीतिमा लाग्नुको पछाडि केही सामान्य कारण छन् । मेरी हजुरआमाको पालामा पनि नेपाल विकासोन्मुख देश थियो, मेरी आमाको पालामा पनि विकासोन्मुख देश नै थियो । म सानो हुँदाखेरि सामाजिक शिक्षा पढ्दै गर्दाखेरि पनि नेपाल विकासोन्मुख देश हो भनेरै थाहा पाइयो । अहिले मेरा सहपाठीहरू जसले विवाह गरिसके, उनका नानीहरूले पनि त्यही कुरा पढ्दै छन् ।

मेरो एउटा प्रश्न थियो । हामीले कति पुस्तासम्म नेपाल विकासोन्मुख देश हो भनेर भनिरहने त ? त्यो प्रश्नको उत्तर खोज्दै जाँदा राजनीतिमा गएर ठोक्कियो । राजनीतिबाटै यसको समाधान छ भन्ने मेरो विश्वास हो । त्यो मात्रै नभइकन नेपाली समाज, त्यसमा पनि पितृसत्ताको जड कति छ भन्ने पनि मैले बुझेँ एकल आमा भएका कारणले । नागरिकता पाउन कति सकस छ भन्ने बुझेँ । बुझ्दै गर्दाखेरि फेरि पनि सबै कुरा ठोक्किने राजनीति र राजनीतिकर्मीमा । पछि गएर तिनै राजनीतिकर्मीहरूले समग्र देशलाई हेरेर बनाउने नीति–नियम रैछ । त्यसैले, म यही क्षेत्रमा लाग्नुपर्छ भन्ने बुझेर राजनीतिमा लागेकी हुँ ।

०७४ को स्थानीय चुनाव म जन्मेपछि भएको दोस्रो स्थानीय निर्वाचन थियो । पहिलो निर्वाचनका वेला त म भर्खर बामे सर्दै थिएँ । २० वर्षसम्म स्थानीय चुनाव भएन, त्यसमा म र मेरो पुस्ताको गल्ती छैन । हामी हुर्किँदै गर्दाखेरि कहिले पनि ठेलमठेल नभएको गाडी पनि हुन सक्छ भनेर सपना पनि देख्न सकेका थिएनौँ । ट्राफिक जाम भनेको हाम्रो नियति नै हो, यसलाई भोग्नैपर्छ भनेर हुर्कियौँ । अहिलेसम्म धेरैजनाको दिमागमा त्यही छ । तर, यी सबै गलत कुरा हुन् । यस्ता कुराहरू त स्थानीय सरकारले गर्न सक्छ भन्ने मेरो विश्वास हो । स्थानीय सरकारका बारेमा अध्ययन नै नगरीकन पनि हामीहरू आएका होइनौँ । म र मेरा साथीहरू ‘स्थानीय सरकार भनेको कार्यकारी हो, यसले गर्न सक्ने धेरै कामहरू छन्, कमसेकम आफ्नो सहर–गाउँसम्म त बदल्न सकिन्छ’ भनेरै चुनावमा आएका हौँ । हो, सम्पूर्ण कुराहरू हामीले भनेका मात्रै ठीक छन् वा हामीले मात्रै बुझेका छौँ भनेरचाहिँ म ठोकुवा गर्दिनँ । हरेक दिन नयाँ अध्ययन गर्दै/सिक्दै जानुपर्छ । याे समाग्री नयाँ पत्रिकामा खगेन्द्र पन्तले तयार पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली