२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कपाल झर्नुका प्रमुख कारण यस्ता छन्, जानी राखौं

२०७५, १८ फाल्गुन शनिबार ००:३४

कपाल झर्नु एक प्राकृतिक प्रक्रिया हो । तर, अस्वभाविक रुपले कपाल र्झछ भने त्यो चिन्ताको विषय हो । कपाल झर्ने क्रम रोकिएन भने टाउको मुडुलो हुन्छ । यो भनेको समग्र सौन्दर्यकै लागि जटिल कुरा हो ।

कपाल किन र्झछ ? यसको एकमात्र जवाफ छैन । हालैको एक अनुसन्धानले भनेको छ की पुरुषमा आउने यस्ता समस्याको आम कारण अनुवांशिक हुने गर्छ । जवकी महिलामा स्त्रीमा भनेउ तनाव या मानशीक चिन्ताको कारण कपाल झर्ने गर्छ । यति मात्र होइन, कपाल झर्नेको थुप्रै कारण छन् । यी हुन् त्यसमध्येका प्रमुख कारणहरुः

१. हेयर स्टाइल टूल

आजभोलि नुहाएपछि कपाल सुकाउनका लागि प्रायले हेयर ड्राइअरको सहायता लिने गर्छन् । यो कपाल सुकाउन र हेयरस्टाइल बनाउनको लागि त तरिका हुन सक्छ । तर, कपालको स्वास्थ्यको लागि पनि त्यत्तिकै हानीकारक । अनुसन्धानले नै भनेको छ की कपाल बनाउनका लागि हरेक दिन यस्ता सामाग्रीको प्रयोग गर्दा कपाल विग्रीदै जान्छ । लगातार आफ्नो कपाललाई सिधा या घुम्रो बनाउने उपचार नै कपाल झर्नेको प्रमुख कारण बन्न सक्छ ।

२. निद्रामा समस्या

पुरा निद्रा नसुतेको असर आँखामा त देखा पर्छ नै । यसको साथमा टाउकोमा पनि देखिने गर्छ । इन्सोमिया, नार्कोलेप्सी र अन्य निद्रासम्बन्धि समस्याले कपालको स्वास्थ्यमा नराम्रो असर पुर्‍याउने गर्छ । कपला लता पर्ने समस्यामा पनि यसले ठूलो भूमिका खेल्छ ।

३. जंक फुड

बढी मात्रामा जंकफुडमा निर्भर हुँदा शरिमा विभिन्न पोषणको कमी हुन जान्छ । जुन कपाल लट्टा पर्ने प्रमुख मध्येको एउटा कारण हो । त्यस्तै, खानपानमा र शरिरको पोषणको वारेमा राम्रोसँग ख्याल नपुर्‍याउँदा बढी मात्रामा कपाल झर्ने समस्या हुन्छ ।

४. हर्मोनको परिवर्तन

महिलामा गर्भावस्था र प्रसवको क्रममा शरिरमा हर्मोनको मात्रामा उटारचटाव आउने गर्छ । यस्तो बेला महिलामा अत्याधिक कपाल झर्ने समस्या हुन्छ । थाइराइड हर्मोनको असन्तुलन, महिनावारी बन्द हुने या अन्य हर्मोनसम्बन्धि गडवढीको कारण तीव्र मात्रामा कपाल झर्ने समस्या हुन्छ ।

५. तनाव

हिजो आजको व्यस्त दैनिकीमा हाम्रो शरिरबाट बढी मात्रामा उर्जा वाहिरिने गर्छ । यसकै कारण तनावको मात्रा पनि बढेर जाने गर्छ । बढी मानिसमा यस्तो देखिन्छ की बढी तनावकै कारण उनीहरुको कपाल झर्ने गर्छ । यसको कारण कपालमा अन्य समस्या पनि देखिने गर्छ ।

६. बंशाणुगत कारण

कपाल झर्नुको प्रमुखमध्येको एउटा कारण भनेको बंशाणुगत पन हिो । यस्तो समस्यामा तपाईले केही गर्न सक्नुहुन्न । यत्ति हो उचित आहार र विहारलाई जीवनशैलीसँग जोडेर कपाल झर्ने सम्भावनालाई कम गर्न सक्नुहुन्छ । या भनौ कपाल र्झन सहायक भूमिका निर्वाह गर्ने कुराबाट भने आफै जोगिनुपर्छ ।

७. रसायनिक उत्पादन

अहिलेको दुनियामा श्याम्पू, कन्डीश्नरदेखि कपालमा लगाउने तेलसमेत रसायनयुक्त आउन थालेको छ । यस्ता प्रडक्टले कपालाई कैयौँ क्षति पुर्‍याउने गर्छ । आजभोलीका अधिकांश कस्मेटिक उत्पादनमा हानिकारक रसयानको मिश्रण गरिएका हुन्छन् । जुन कपाललाई कमजोर बनाउनुका साथै कपालसम्बन्धि अन्य गम्भीर समस्या निम्त्याउने गर्छ । त्यसैले, यस्ता प्रडक्टको प्रयोग गर्दा निकै सावधानी अपनाउन जरुरी हुन्छ ।

८. औषधी

आधुनिकतासँगै जीवनशैलीमा तिब्रगतिमा परिवर्तन आइरहेको छ । यस्तो जीवनशैलीले मानशिक कष्ट बढेर जाने गर्छ । त्यसको लागि हामी औषधी उपचारमा लाग्ने गर्छौँ । र, यसरी प्रयोग गरिने औषधी कपालको स्वास्थ्यको खराव असर पर्ने गर्छ । कुनै ड्रग्सको प्रयोग र भारी खानाको सिधा सम्बन्ध पनि कपाल झर्ने र लट्टा पर्नेसँग हुन्छ ।

९. मौसम

घर वा अफिसमा लगाउने कन्डीस्नरले तपाईलाई त पक्कै पनि आराम दिने गर्छ । तर, तपाईको कपालमा लागि भने यसको जरुरी हुँदैन । यस्तो वातावरणीय प्रभावले कपाललाई निकै कमजोर बनाउने काम गर्छ । किनकी वातावरण परिवर्तनको सबैभन्दा बढी असर कपालमा पर्ने गर्छ । त्यसैले यसरी हुने कृतिम वातावरणीय परिवर्तनबाट कपाललाई जोगाउँन जरुरी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु