Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

तोरी खेती गर्न छाडेपछि मौरीका लागि चरन अभाव

२०७५, १८ फाल्गुन शनिबार ०२:०७

फागुन १८, पर्वत | मोदी गाउँपालिका–२ देउपुरका टीकाराम तिमिल्सिनालाई यतिबेला माहुरीको खाना जुटाउनै मुस्किल परेको छ । उहाँले पालेका ७० घार माहुरीलाई खानेकुरा नभएपछि हिजोआज बिहानैदेखि चिनीको लेदो बनाएर दिन थाल्नुभएको छ । 

व्यावसायिक माहुरी पालेका जिल्लाभरका किसान माहुरीका लागि रस जुटाउन नसकेर चिनीको आहारा बनाइरहेका छन् । फागुन महीना गाउँका फाँटभरि तोरीका फूलले पहेँलै हुनुपर्ने भए पनि केही वर्षयता तोरी खेती गर्ने क्रम घट्दो छ । किसानले तोरी लगाउन छाडेपछि माहुरीपालक किसान समस्यामा छन् । तोरी लगाएर तेल निकाल्ने समयसम्मको झन्झट, उत्पादन घट्दो क्रममा हुनु र गाउँमा कृषि पेशा गर्ने जनशक्तिको कमीलगायतका कारणले तोरी खेती गर्ने किसान घटेका हुन् । 

माहुरीले तोरीको फूलको रसबाट यो सिजनमा उल्लेख्य मह निकाल्न सक्ने भए पनि तोरीको उत्पादन घटेसँगै माहुरीको चरन अभाव हुँदै गएको हो । बिहादी–१ बाच्छाका माहुरीपालक किसान उत्तम परियारले पाँच–छ वर्षयता हिउँदका पाँच महीना माहुरीलाई चरनको अभाव हुने गरेको बताउनुभयो । 

विभिन्न प्रकृतिका विषादीको प्रयोगले माहुरी मर्ने र घारै रित्तिनै समस्या बढ्दै गएको उहाँले बताउनुभयो । किसानले जैविक मल र विषादीको प्रयोग गरेर हिउँदे बाली लगाउने बेलासम्म माहुरी फष्टाउने गरेकामा हिजोआज उन्नत प्रजातिका बीउबिजन, रासायनिक मल, अनधिकृत विषादीलगायतका कारणले माहुरीको जैविक प्रणालीमा समेत गम्भीर असर परेको किसानले बताएका छन् । 

मोदी–२ कुँडुलेका हेमनाथ चापागाईंले घर वरपर एक दर्जन घारका माहुरीलाई पनि चरनको अभाव भएको बताउनुभयो । कुँडुलेमा १४–१५ परिवारले व्यावसायिक माहुरी पालन गर्छन् । स्थानीयका अनुसार थाप्लाबारी, कुँडुले, कँडेनलगायतका गाउँ माहुरीका लागि उपयुक्त क्षेत्र छ । 

“चिनी खुवाएर पाल्दा दुःख धेरै हुन्छ, लगानी पनि बढ्छ”, बाच्छाका उत्तम परियारले भन्नुभयो, “लामो समय चिनी खुवाउनुप¥यो भने मह राम्रो हुँदैन ।” कतिपय माहुरीपालक भने प्रविधिको अभावले पनि माहुरीबाट उल्लेख्य लाभ लिन सकिरहेका छैनन् । कृषि ज्ञान केन्द्रका प्रमुख वासुदेव रेग्मीका अनुसार जिल्लामा वर्षेनि करीब सात टन मह उत्पादन हुँदै आएको छ । पछिल्लो समय रासायनिक प्रकृतिका विषादीको प्रयोग, जमीन बाँझो राख्नेलगायतका कारणले माहुरीलाई गम्भीर असर परेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ