३ कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रक्सौल–काठमाडौँ रेलमार्गः दुईवटा मार्ग प्रस्ताव

१९ फाल्गुन २०७५, आईतवार ०३:५४

फागुन १९, काठमाडौँ | राजधानी काठमाडौँलाई भारतीय सीमावर्ती सहर रक्सौलसँग रेलमार्गले जोड्न प्रस्तावित रक्सौल–काठमाडौँ  रेलमार्गको पूर्वसम्भाव्यता अध्ययनले दुईवटा मार्ग प्रस्ताव गरेको छ । भारतको कोकर्ण रेल्वे कर्पोरेसनले यस्तो प्रस्ताव गरेको हो । 

रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार पूर्वसम्भाव्यता अध्ययन गरिएको कर्पोरेसनले रक्सौल—काठमाडौँका लागि विकल्पसहित दुईवटा मार्ग प्रस्ताव गरेको छ ।

कोकर्ण रेल्वे कर्पोरेसनले दुईवटा ‘एलाइन्टमेन्ट’ रेल विभाग समक्ष प्रस्ताव गरेको आएको बताउँदै ती दुई मार्गको दुरी पनि फरक फरक रहेको जानकारी दिए । अध्ययन अनुसार एउटा मार्ग छोटो छ भने अर्को मार्ग अलि लामो छ । छोटो दुरी १४० किलोमिटर छ भने लामो दुरी १९० किलोमिटर प्रस्ताव गरिएको छ । 

मिश्रले भन्नुभयो, ‘‘यी दुवै ‘एलाइनमेन्ट’ माथि अहिले छलफल भइरहेको छ, यसबारे नेपालको तर्फबाट टुङ्गो लगाएर दुईमध्ये एउटा प्रस्ताव ती कम्पनीलाई पठाइने छ ।”

प्रस्तावित छोटो दुरीको रेलमार्ग निर्माणका लागि चुनौतीपूर्ण रहेको छ । छोेटो दुरीमा उकालो र ओरालो बढी हुनसक्ने हुन्छ भने टनेलको निर्माण पनि आवश्यक हुनसक्छ । छोटो दुरीमा उच्च पुल धेरै मात्रामा निर्माण गर्नुपर्ने छ र त्यो अलि जोखिम पनि हुनसक्ने छ । ‘‘त्यसैले लामो दुरीको मार्ग नै उपयुक्त हुनसक्ने छ,’’ महानिर्देशक मिश्रले बताए । 

लामो दुरीको मार्ग समयको दृष्टिले यात्रा समय अलि बढी भए पनि जोखिम र निर्माण खर्चको हिसाबले छोटो दुरीको भन्दा बढी उपयुक्त हुनसक्ने उनले जानकारी दिए ।   

- यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको पक्राउ प्रमाणमा होइन, राजनीतिक प्रतिशोधमा भएको छ’ नेकपाका महासचिवमा विप्लवले भने: माओवादी एकताबद्ध भए ०६४ दोहोरिन्छ ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने : प्रधानमन्त्री ओली माओवादी पार्टीहरुको एकता चाँडै टुङ्गोमा पुग्छ : अध्यक्ष प्रचण्ड इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या ४२ हजार पुग्यो रास्वपा प्रवक्ता मनिष झाले भने : देउवा लोकतन्त्रका सबैभन्दा ठूला ठग हुन् रवि लामिछाने पक्राउको विरोधमा रास्वपाका कार्यकर्ताले गरे पोखरामा प्रदर्शन मलेसिया सरकारले बढायो श्रमिकको तलब, अब न्यूनतम तलब १७०० रिंगेट काठमाडौं महानगरले पर्यटन प्रवर्द्धनका लागि आज बसन्तपुरमा सांस्कृतिक कार्यक्रम गर्दै चितवनमा जनयुद्ध लडेका नेताहरुलाई एउटै मन्चमा ल्याउने प्रयास रवि लामिछाने लक्षित सूर्य थापाको व्यङ्ग्य लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने न्युजिल्यान्ड १४ वर्षपछि महिला विश्वकपको फाइनलमा आजको मौसम : देशका केही भूभागमा वर्षा हुने पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कास्की प्रहरीको हिरासतमा रवि पक्राउ पछि सीके राउतको प्रतिक्रिया: ‘सुनौलो भविष्य बोकेको कोपिला निमोठिएको हो’ सभापति लामिछाने पक्राउ: राजनीतिक पूर्वाग्रह साफ वुमन्स च्याम्पियनसिप: नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा सकियो रविलाई रिजालको जवाफ, ‘सरकार मरेको होइन, सक्रिय भएको हो’ रवि लामिछानेसहित को-को विरुद्ध छ पक्राउ पुर्जी ?