पढ्न करिब 1 मिनेट लाग्छ

फागुन १९, काठमाडौं । आफैंले बोकेको हतियारको गोली लागेर नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । धनकुटाको बरख गणमा कार्यरत सैनिक जवान चेतराज जोशीको मृत्यु भएको हो ।

नेपाली सेनाको जङ्गी अड्डाका प्रवक्ता एवं सहायक रथी यामप्रसाद ढकालका अनुसार उनले बोकेको एम १६ राइफलको गोली लागेर उनी गए राति गम्भीर घाइते भएका थिए ।

उपचारका लागि उनलाई जिल्ला अस्पताल, धनकुटा लगिए पनि राति नै मृत्यु भएको थियो । गणको डियूटीमा रहेका जोशीले आफैंलाई किन गोली हाने भन्ने विषयमा छानबिन भइरहेको ढकाल बताउँछन् ।

प्रहरी अधिकारीहरु भने घटनाको प्रकृति हेर्दा बन्दुक भुलवश पड्किएको हुन सक्ने बताउँछन् । यद्यपि, घटना पछाडिको कारणबारे विस्तृत अनुसन्धानपछि नै खुल्नेछ ।