Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

प्रतिकुल मौसम र विकट क्षेत्रमा सजिलै उडान भर्न सक्ने ४ ‘स्काई ट्रक’ नेपाल आउँदै

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन २०, काठमाडौं | संयुक्त राज्य अमेरिकाले नेपाली सेनालाई अनुदानमा उपलब्ध गराउन लागेको दुईवटा स्काई ट्रक (कार्गो विमान) सन् २०१९ को अन्त्यमा नेपाल आइपुग्ने भएको छ। अमेरिकाले डेढ दशकअघि नै नेपाली सेनालाई चारवटा स्काई ट्रक अनुदान दिने प्रतिबद्धता जनाएको थियो।

नेपाललाई उपलब्ध गराउँदै आएको सैन्य सहायता दरबार हत्याकाण्डपछि अमेकिारले रोकेको थियो। डेढ दशक रोक्का गरेर अमेरिकाले नेपाललाई सैन्य सहायता पुनः उपलब्ध गराउन थालेको हो।

चारमध्ये दुईवटा स्काई ट्रक निर्माणका लागि पोल्यान्डस्थित कम्पनीसँग समझदारी गरिएको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले कम्पनीसँग उक्त स्काई ट्रक तत्काल निर्माण गर्ने समझदारी गरेपछि नेपाल ल्याउने निश्चित भएको हो। पोल्यान्डस्थित कम्पनीसँग पेन्टागनले गरेको सम्झौताअनुसार आगामी डिसेम्बरभित्र उक्त जहाज नेपाललाई हस्तान्तरण गर्नुपर्नेछ।

अमेरिकी रक्षा मन्त्रालयले नयाँ एम–२८ स्काई ट्रक निर्माणको सम्झौता पोलिस एयरक्राफ्ट उत्पादन कम्पनी पोल्स्की जाकेल्डी लोटनिक्ज कम्पनी (पिजेडएल) सँग गरेको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै अमेरिकी डिफेन्स ब्लग म्यागेजिनले लखेको छ। उक्त सम्झौता गत शुक्रबार भएको हो।

- यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा चन्द्रशेखर अधिकारीले लेखेका छन् ।