2026-07-25 06:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हुवावेकी मेङद्वारा क्यानाडा, सीमा निकाय विरुद्ध मुद्दा दर्ता

फागुन २०, टोरन्टो (रासस/एपी) | प्रविधि क्षेत्रको अग्रणी चिनीया कम्पनी हुवावेकी प्रमुख वित्तीय अधिकृत मेङ वान्झाउले आफू विरुद्ध गैरकानुनी थुना, खानतलास र पुछताछ गरेको भन्दै क्यानाडा सरकार, यसको सीमा निकाय तथा राष्ट्रिय प्रहरी विरुद्ध मुद्दा दर्ता गर्नुभएको छ । 

वान्झाउका वकीलहरुले ब्रिटिस कोलम्बिया सर्वोच्च अदालतमा आफ्नो मौलिक हक सुरक्षित गरिपाऊँ भन्दै मुद्दा दर्ता गरेका छन् । अमेरिकी सरकारको अनुरोधमा क्यानडाले मेङलाई गत वर्ष डिसेम्बर १ तारिखमा पक्राउ गरेको थियो । 

हुवावेका संस्थापककी छोरी मेङमाथि अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्धको उल्लङ्घन गरेको तथा इरानसँग व्यवसाय सञ्चालन गर्न बैंकहरुलाई गलत विवरण दिएको आरोप लागेको छ । 

पछिल्लो समय क्यानडा सरकारले मेङलाई अमेरिकी अधिकारी समक्ष सुपुर्दगी गर्न प्रक्रिया थालनी गरेको छ । मेङ हाल क्यानडामा देश छाड्न नपाउने गरी जमानतमा रिहा हुनुहुन्छ, र उहाँ क्यानडाको भ्यानकुभरमा बसिरहनुभएको छ । चीनले मेङको गिरफ्तारीलाई राजनीतिक कारण भन्दै विरोध गरिरहेको छ । 

मेङको गिरफ्तारीका विषयमा चीन र क्यानडाबीच पनि तिक्तता छाएको छ । चीनले पनि राष्ट्रिय सुरक्षामा खतरा रहेको भन्दै क्यानडाका पूर्व कुटनीतिज्ञ माइकल कोभरिग र क्यानडाका व्यवसायी माइकल स्पाभोरलाई डिसेम्बर १० तारिखमा गिरफ्तार गरेको छ । 

गत शुक्रबार क्यानडाको न्याय विभागका अधिकारीहरुले सुपुर्दगी प्रक्रिया शुरु गर्न अनुमति दिएका थिए । सुपुर्दगी प्रक्रिया प्रारम्भ गर्न बुधबार मेङलाई अदालतमा उपस्थित गराइँदैछ । तर यो प्रक्रिया पूरा हुन महिनौं वा कहिलेकाहिँ वर्षौं लाग्न सक्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक