२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोखरामा फेरी प्याराग्लाइडिङ दुर्घटना, एकजना रुखमा अड्किए, अर्का विद्युतको तारमा अल्झिए

२० फाल्गुन २०७५, सोमबार ११:१६

फागुन २०, पोखरा । प्याराग्लाइडिङ दुर्घटनामा परेर सोमबार पनि दुईजना विदेशी पाइलट घाइते भएका छन् ।

अनुमति लिएको भन्दा फरक ठाउँबाट उडान गरेका उनीहरु दुर्घटनामा परेका हुन्। दुर्घटनामा परेका मध्ये एकजनाको अवस्था गम्भिर छ भने अर्का एकजना सामान्य छन्।

प्रहरीका अनुसार माछापुच्छ्रे गाउँपालिका–९ ठाँटीमा पोर्चुगलका एकजना विदेशी प्याराग्लाइडिङ दुर्घटनामा परेका हुन्। ती विदेशीको अहिलेसम्म नाम खुलेको छैन। स्थानीय राम गुरुङका अनुसार विद्युत तारमा अड्केका ती पाइलटलाइ करेन्ट लाग्दा भुईमा पछारिन पुगेका थिए।

गुरुङका अनुसार ती विदेशीको बायाँ हात जलेको छ । उनका अनुसार ती सहित २० जना जति विदेशी मर्दी हिमाल पदयात्राको हाईक्याम्पबाट उडेका थिए। फरक फरक ठाउँमा विदेशी अवतरण गरेका थिए। दुर्घटनामा परेको थाहा पाए लगत्तै ती विदेशीका अर्का एकजना साथी पनि ठाँटीमै ओर्लेको उनले बताए।

त्यस्तै अर्का रसीयन पाइलट पनि मादी गाउँपालिका–७ छाचोकमा खसेका छन् । वडा अध्यक्ष लालबहादुर गुरुङका अनुसार ६३ वर्षिय इलगिज यागुदिन ष्निष्श थबनगमष्ल भोगटेको रुखमा अडकेका थिए। उनलाई अर्को रुखबाट गएर डोरी बाँधेर स्थानीय विजय खत्री र मनोज लामिछानेले उद्धार गरेको गुरुङले बताए। गुरुङका अनुसार स्थानीय छिरखने पाखाको वनमा रहेको भोगटेको रुखमा ग्लाइडर सहित खसेका उनी निकै नै अप्ठेरोमा परेका थिए।

आइतबार मात्र सराङकोटबाट उडेका रोमानियाका पाइलट इबि चिसजिरले प्याराग्लाइडिङ दुर्घटनामै ज्यान गुमाएका थिए। सराङकोटबाट उडेका उनी एकाएक तालमा खसेका थिए। जिवितै उद्धार गरेर अस्पताल ल्याएपनि उपचारको क्रममा इडिको ज्यान गएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै