2026-09-20 07:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरियबाट हुन्डीमार्फत वार्षिक ४४ अर्ब नेपाल भित्रिदै

फागुन २१, काठमाडौं | दक्षिण कोरियामा कार्यरत नेपाली कामदारले प्रत्येक वर्ष झन्डै ४४ अर्ब रुपैयाँ हुन्डीमार्फत नेपाल पठाउने गरेको देखिएको छ । औपचारिक प्रणालीबाट कोरियाबाट नेपाल भित्रने रेमिट्यान्स र दक्षिण कोरियामा रहेका नेपालीको कुल कमाइलाई तुलना गर्दा त्यहाँबाट झन्डै आधा खर्ब रकम हुन्डीमार्फत नेपाल भित्रिने गरेको देखिएको हो । 

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार दक्षिण कोरियाबाट आर्थिक वर्ष २०७४र७५ मा रेमिट्यान्स कम्पनी तथा बैंकिङ प्रणालीबाट १८ अर्ब ३४ करोड ९७ लाख रुपैयाँ (सोमबारका लागि तोकिएको अमेरिकी डलरको खरिददरअनुसार) भित्रिएको देखिन्छ । यो रकम सोही अवधिमा कोरियामा नेपालीले गरेको आम्दानीभन्दा करिब ४४ अर्ब ६५ करोड रुपैयाँले कम हो । रोजगारका लागि दक्षिण कोरिया पठाउने सरकारको आधिकारिक निकाय ‘इम्प्लोइमेन्ट परमिट सिस्टम (इपिएस) शाखा कार्यालयअनुसार दक्षिण कोरियामा नेपाली कामदारले प्रत्येक वर्ष न्यूनतम ६३ अर्ब रुपैयाँ कमाइ गरिरहेका छन् ।

त्यसो हुँदा बैंकिङ प्रणालीबाट नेपाल भित्रिने र कामदारले कमाइ गरेको रकमको अन्तर ४३ अर्ब ६५ करोड ३० लाख रुपैयाँ छ । अन्तर देखिएको सोही रकम हुन्डीमार्फत नेपाल भित्रिएको हो । नेपाल राष्ट्र बैंकले समेत यो तथ्यलाई स्वीकार गरेको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा विदेशी विनिमय विभाग प्रमुख भीष्मराज ढुंगानाका अनुसार दक्षिण कोरियाबाट ठूलो परिणामको रेमिट्यान्स हुन्डीमार्फत नेपाल भित्रिन्छ ।

करिब २५–३० प्रतिशत रकम मात्रै औपचारिक प्रणालीबाट आउने गरेको उनले बताए । उनले भने, ‘सुरु–सुरुमा त २–३ प्रतिशत रकम मात्रै बैंकिङ प्रणालीमार्फत भित्रन्थ्यो अहिले केही बढे पनि धेरै इन्फर्मल च्यानलबाट आउने गर्छ,’ उनले भने, ‘कोरियामा नेपालीले गर्ने आम्दानीलाई अझै पनि पूर्णरूपमा औपचारिक माध्यममार्फत भित्र्याउन सकिएको छैन ।’ 

– यो समाचार कृष्ण रिजाल र टेकराज थामीले नयाँ पत्रिकामा लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो