२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतै तपाईं गर्भवती त हुनुभएन ? महिलाहरुले जान्नैपर्ने कुरा

२२ फाल्गुन २०७५, बुधबार १०:५७

गर्भावस्थामा ढाड दुख्नु , वाकवाकी लाग्नु , वान्ता हुनु, स्तन भारी हुनु गर्भावस्थाका प्रारम्भिक लक्षण हुन् । महिनावारी रोकिनु पनि गर्भावस्थाको एउटा प्रारम्भिक लक्षण हो  । तर महिनावारी रोकिएको कति दिनसम्म पनि महिलालाई आफु गर्भवती भएको थाहा नपाउन सक्छन् ।

जबकी स्तन भारी हुनु, कुनै काम नगरे पनि थकान महसुस हुनु पनि गर्भावस्थाको लक्षण हो । यसबाहेक पनि, गर्भावस्थाका अन्य थुप्रै प्रारम्भिक लक्षण छन्, जसबारे ध्यान दिएर पनि महिलाहरुले आफू गर्भवती भए, नभएको सजिलै थाहा पाउन सक्छन् ।

गर्भावस्थाका प्रारम्भिक लक्षणहरु यस्ता छन् 

सास फेर्दा भारीपना हुनु

गर्भावस्थामा सिंढी चढ्दा झै सामान्य अवस्थामा पनि सास फेर्दा भारी हुने गर्छ । विशेषगरी, पेटमा रहेको भु्रणलाई अक्सिजनको आवश्यकता हुन्छ, जसका कारण गर्भवती महिलालाई सास फेर्दा भारी महसुस हुन्छ । यो समस्या गर्भावस्थाभरी रहन्छ । त्यस्तै, गर्भमा रहेको शिशु जति जति बढ्छ , यो समस्या त्यति नै बढ्ने गर्छ ।

स्तन भारी हुनु

विहान उठ्दा स्तन भारी हुनु, स्तनको आकार परिर्वतन हुनु , स्तन वरिपरिको भाग कालो हुनु तथा स्तनको नसा फुल्नु भनेको गर्भावस्थाको प्रारम्भिक लक्षण हो । त्यसैले, यस्तो लक्षण देखिएमा विशेष सावधानी अपनाउनु पर्छ ।

थकान

गर्भावस्थामा हर्मोन परिवर्तन हुन्छ । जसले गर्दा शरीर थाक्ने गर्छ । कतिपय महिलाहरु त गर्भावस्थाको सुरुवाती तीन महिनासम्म पनि अत्याधिक थकान महसुस गर्छन् ।

पटक पटक पिसाब लाग्नु

गर्भावस्थाको सुरुवाती चरणमा शरीरमा अतिरिक्त तरल पदार्थ उत्पादित हुन्छ, जसले गर्दा मुत्राशयमा दवाव उत्पन्न भई पटक पटक पिसाब लाग्ने गर्छ ।

टाउको दुख्नु

गर्भावस्थाको प्रारम्भिक लक्षणमा टाउको दुख्ने समस्या पनि पर्दछ । किनकी हर्मोनको परिवर्तनका कारण यो समस्यामा टाउको बेस्सरी दुख्ने गर्छ । तर यो अवस्था आफैमा संवेदनशील अवस्था भएकाले टाउको दुख्यो भन्दैमा चिकित्सकको सल्लाह विना औषधी सेवन गर्नु हुँदैन ।

ढाड दुख्नु

बेस्सरी ढाड दुख्नु पनि गर्भावस्थाको प्रारम्भिक लक्षण मध्यमा पर्दछ । किनकी गर्भावस्थामा तौल बढ्नुका साथै शरीरको बनोट परिवर्तित हुने गर्छ । जसका कारण मांसपेशी र लिगामेन्ट लुज भई ढाड दुख्ने गर्छ ।

कब्जियतको समस्या

गर्भावस्थामा गर्भवती महिलाहरुलाई प्रायः कब्जियतको समस्या हुन्छ । किनकी गर्भावस्थामा पेट फुल्ने तथा शरीर सुन्निने समस्या हुनुका साथै पाचन क्रिया पनि प्रभावित हुने गर्छ । जसका कारण यस्तो अवस्थामा कब्जियतको समस्या निम्तिने गर्छ ।

खानामा अरुची

अचानक खानामा अरुची बढ्नु तथा अमिलो खान मन लाग्नु पनि गर्भावस्थाको प्रारम्भिक लक्षण मध्यमा पर्दछ । किनकी गर्भावस्थामा हर्मोनको परिवर्तनका कारण महिलाहरुलाई अमिलो खानेकुरा खान मनपर्छ ।

मुड बदलिनु

के तपाईको मुड अचानक बदलिरहेको छ ? एकछिन अघिसम्म एउटा काम गर्न मन लाग्नु, एक छिनमै अर्को काम गर्न मनलाग्नु पनि गर्भावस्थाको संकेत हो । यदी तपाईंहरुलाई पनि त्यस्तो भइरहेको छ भने एकपटक श्रीमानसित कुरा गर्नुहोस् । र ,भन्नुहोस्, तपाईंलाई यो समस्या किन भइरहेको छ । उहाँले अवश्य बुझ्नु हुनेछ ।

गन्ध आउनु

गर्भावस्थामा सुघ्ने क्षमतामा अचानक वृद्धि हुन्छ । र, प्रत्येक कुराको गन्ध आउन थाल्छ । यस्तो अवस्थामा तिव्र गन्ध आउने सामान वा खाद्यान्नबाट टाढा रहनु पर्छ । सकेसम्म सुगन्ध फैलाउने, परफ्युम, डियोड्रेन्टको प्रयोग गर्नुपर्छ । अन्यथा, दम घुट्न सक्छ ।

महिनावारी ढिलो हुनु

महिनावारी ढिलो हुनु पनि गर्भावस्थाको प्रमुख लक्षणमध्यमा पर्दछ । यो समस्या कमै महिलामा देखिने गर्छ । किनकी गर्भवती भएमा महिलाहरुको महिनावारी प्रायः रोकिने गर्छ । त्यसैले, नियमित भइरहेको महिनावारी अचाजक बन्द भएमा गर्भावस्थाको परीक्षण अवश्य गराउनुपर्छ ।

पिसाब जाँचको रिपोर्ट पोजेटिभ आउनु

गर्भवती भए , नभएको यकिन गर्न चाहनेले घरैमा प्रेग्नेन्सी जाँच गर्नुपर्छ । घरैमा बसेर पनि यो जाँच सजिलै गर्न सकिन्छ । जाँचका क्रममा कुनै नतिजा प्रस्ट नआएमा फेरी परीक्षण गर्न सकिन्छ । र, नतिजा पोजेटिभ आएमा खुशी हुनुहोस् । किनकी, तपाई आमा बन्दै हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै