Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द हुने

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन २३, काठमाडौँ | दैनिक २२ घण्टासम्म खुल्दै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चैत १८ (अप्रिल १) देखि २०७६ असार १५ गते (जुन ३०) सम्म दैनिक १० घण्टा बन्द हुने भएको छ ।

विमानस्थलको एक मात्र ३ हजार ५० मिटर (१० हजार ७ फिट) लामो धावनमार्ग जिणोद्धार गर्नुपर्ने भएकाले राति १० बजेदेखि विमानस्थल बन्द हुनेछ भने विहान ८ बजे मात्रै सुचारु गरिनेछ ।

राति १० बजेदेखि ३ बजेसम्म र बिहान ५ बजेदेखि ८ बजेसम्म हुने उडानलाई दिउँसोको समयमा सारिएको छ । ‘हाल भइरहेको उडानमध्ये १५/२० प्रतिशत कटौती हुने देखिन्छ ,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले भने ।

हाल विमानस्थलमा दैनिक ३ सय हाराहारी उडान हुन्छन् ।

- यो समाचार आजको कान्तिपुर दैनिकमा सुरज कुँवरले लखेका छन् ।