२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जब आङछिरिङ शेर्पाले आफ्नो श्रद्धाञ्जली आफैले पढे !

२५ फाल्गुन २०७५, शनिबार ०२:५०

फागुन २५, काठमाडौं – नेपाल पर्वतारोहण संघ ‘एनएमए’का पूर्वअध्यक्ष पर्यटन व्यवसायी आङछिरिङ शेर्पाका लागि १५ र १६ फागुन जीवनमै सबैभन्दा बढी तनावले भरिएका दिनका रुपमा रहे । एसियन ट्रेकिङका सञ्चालक उनको इ मेलमा दुई दिनमा २६ वटा श्रद्धाञ्जलीकासहित ७ सय ५१ वटा इमेल आएछन् । एकै पटक धरै इमेल आउँदा उनको इमेल नै ह्याङ भयो ।

ठमेल छाया सेन्टर सामुन्ने छ, उनको कार्यालय । स्टाफ ती दुई दिन फोन उठाउन भ्याइ नभ्याई थिए । सबैलाई स्पष्टिकरण दिँदा दिँदा स्टाफहरु हैरान भए । उनके मोबाइलका घन्टी पनि निरन्तर बजिरह्यो । सीधै उनको मोबाइलमा कल गर्नेहरुले सानो स्वरमा सोध्ये, ‘आर यू आङछिरिङ, आर यू ओके ?’

१५ फागुनमा ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गरेर फर्किने क्रममा भएको हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारी, यती एयरका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पासहित सात जनाको ज्यान गएको थियो । त्यस घटनालगत्तै अनलाइन न्युज पोर्टल र सामाजिक सञ्जाल श्रद्धाञ्जली भरिए । दुर्घटनामा परेका आङछिरिङ मिडियामा आउन त्यति नरुचाउने व्यक्ति थिए । यता एनएमएका पूर्वअध्यक्ष आङछिरिङको भने पर्यटन व्यवसायीका नेतासमेत भएकाले गुगलमा तस्बिर सहजै भेटिन्थ्यो।

अधिकांशले अनलाइनले समाचार एनएमएका पूर्वअध्यक्ष आङछिरिङको तस्बिरसहित पोस्ट गरे भने सामाजिक सञ्जालमा पनि उनकै तस्बिर पोस्ट भए। त्यसैले उनले मात्र होइन, उनका कार्यालयका स्टाफले पनि निरन्तर एउटै स्पष्टीकरण दिनुपरेको थियो, ‘दुर्घटनामा परेको आङछिरिङ यती एयरका प्रबन्ध दिर्नेशक हुन्।’ उनका हितैषी तथा शुभचिन्तकले फोनमा कुराकानी भएसँगै भन्थे, ‘ओ गड, थ्यांक्स।’

तीन कार्यकाल एनएमएका अध्यक्ष भइसकेका उनी पर्यटन व्यवसायी, पर्यटनमा रुचि राख्ने र विश्वभरका पर्वतारोही तथा तिनका आफन्तसँग परिचित छन्। त्यसैले पनि उनको तस्बिरसहित श्रद्धाञ्जलीका समाचार तथा स्टाटस पोस्ट भएको हुन सक्छ भनेर भन्न सकिन्छ। तर, यसमा सञ्चारकर्मीको असावधानी पनि उत्तिकै जिम्मेवार देखिन्छ। सञ्चारकर्मीले ब्रेकिङ न्युज हाल्न हतार गर्दा उनले जीवित छँदै आफ्नो श्रद्धाञ्जली पढ्नुपर्‍यो। यसले दिएको तनाव र पीडा शब्दमा व्यक्त गर्नै नसकिने उनले बताए । यो समाचार नयाँ पत्रिकामा दिवाकर पन्तले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने