२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खेलकूदलाई उद्योगको रुपमा विकास गर्नुपर्छ : मन्त्री विश्वकर्मा

२०७५, २६ फाल्गुन आईतवार ०१:२९

फागुन २६, कास्की (रासस) | युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकूदलाई उद्योगका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ । 

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि यही फागुन ३ गतेदेखि २५ गतेसम्म गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिताको समापन समारोहमा उहाँले विकसित देशले खेलकूदलाई उद्योगका रूपमा विकास गरी पर्यटन प्रवद्र्धन गरेकाले खेलपर्यटनको माध्यमबाट समृद्धिको आधार तयार गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । 

खेलाडीको भविष्य सुनिश्चित नहुँदासम्म नयाँपुस्ताका खेलाडी खेल क्षेत्रमा नआउने भन्दै उहाँले भन्नुभयो, “खेलाडीको भविष्य सुनिश्चित नभएसम्म खेलक्षेत्रको समृद्धिको परिकल्पना गर्न सकिँदैन । खेलाडीको सेवासुविधालाई सरकारले प्राथमिकतामा राखेको छ ।” 

मन्त्री विश्वकर्माले देशका सात प्रदेश र ७५३ स्थानीय तहमा एक÷एक खेल ग्राम निर्माणका लागि सरकारले कार्यविधि पारित गरिसकेकाले पूर्वाधारको अभावमा खेलाडीले भोगिरहेको समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा मन्त्री विश्वकर्माले प्रदेशस्तरीय छनोटमा परेका विभिन्न खेलका विजेता खेलाडीलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा