Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मलेसियासँग भिसा शुल्कमा अझै विवाद

By साझासवाल 2 मिनेट पढाइ

फागुन २६, काठमाडौँ | द्विपक्षीय श्रम समझदारी हुनुअघि जारी भएका कलिङ भिसाको शुल्क कामदारले ब्यहोर्न नपर्ने ग्यारेन्टी नहुँदा मलेसियाको रोजगारी खुल्न सकेको छैन । गत जेठदेखि मेलेसियामा नेपाली कामदार जान बन्द छ ।

मलेसियाको गृह मन्त्रालयले रोजगारदाता कम्पनी सिफारिस गरेपछि कलिङ भिसा जारी हुन्छ । त्यस्तो भिसा पाएका कामदारलाई काठमाडौँस्थित मलेसियाली दूतावासले राहदानीमा भिसा लगाइदिन्छ । भिसा पाउन कामदार आफैँ राहदानी लिएर दुतावास जान मिल्दैन । मलेसिया भीएलएनले भिसा प्रक्रिया गरेपछि मात्रै दूतावासले भिसा लगाइदिन्छ ।

यो प्रक्रिया गरेबापत भीएलएनले प्रति राहदानी ७ हजार ४ सय ८० रुपैयाँ शुल्क लिने गरेको छ ।

- यो समाचार आजको कान्तिपुर दैनिकमा होम कार्कीले लेखेका छन् ।