२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

विष्णु माझि र भागिरथ चलाउनेको मार्मिक गीत ‘जाउँला बरीलै’ ले प्रसंशा बटुल्दै (भिडीयोसहित)

२८ फाल्गुन २०७५, मंगलवार ०७:४२

शंकर के सी । फागुन २८, सल्यान । नेपाली लोक गीत संगीतको क्षेत्रमा एउटा नयाँ र उत्कृष्ट सृजना थपिएको छ । सल्यानमा जन्मीएर देश विदेशमा आफ्नो चर्चा बढाउन सफल गायक भागीरथ चलाउनेले गत शनिबार मात्रै सार्वजनीक गरेको जाउँला बरिलै बोलको गीतले धेरैको प्रशंशा पाइरहेको छ ।

यस अघि पनि उत्कृष्ट गीत ल्याउने र निरन्तर संगीत क्षेत्रमा लागीरहेको गायक भागीरथ र छुट्टै पहिचान बनाएकी गायीका विष्णु माझीको स्वरमा सजिएको निकै मर्मस्पर्शी गीत जाउँला बरिलै ले सानो र ठूलो जातको युवा युवतीको प्रेम कथा बोलेको छ । गायक चलाउने र सन्तोष विसीको पहलमा गीत रेकर्ड गरिएको हो ।

गीत राम्रो बनेको प्रतिक्रिया साथीहरु तथा श्रोता र दर्शकहरुले दिइरहेको उनले जनाए । गीतमा तल्लो जातको युवकले माथिल्लो जातकी युवतीसँग गरेको प्रेम र ती दुई जोडीले खेप्नु परेको पीडा तथा गाउँ समाजको अन्यायलाई देखाइएको छ ।

म्युजिक भिडियोको कथा र गीतका शब्दमा तल्लो जातको युवकले माथिल्लो जातको व्यक्तिलाई रगत दिएको चल्ने तर मायाप्रेम किन नचल्ने भनेर प्रश्न उठाइएको छ । गीतमा शब्द सन्तोष विसी र भीम लामाले लेखेका छन् । विसी र लामाले लेखेका गीतका शब्दहरू दमदार छन् । गीतको लय भने गायक भागिरथ लचलाउने स्वयंले बनाएका हुन् ।

मालश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको ‘जाउँला बरिलै’का एरेञ्जर विनोद बाजुराली हुन् । गीतको रेकर्डिङ राजेन्द्र बाजुरालीले गरेका छन् । मिक्सि खड्ग बाजुरालीले गरेका हुन् । करण चैसिरको छायाँकन रहेको म्युजिक भिडियोका परिकल्पना गायक भगिरथ चलाउनेले गरेका हुन् । भिडियोको निर्देशन र सम्पादन प्रवीन भट्टको रहेको छ । म्युजिक भिडियोमा देवेबन्द्र बब्लु, रविना अधिकारी, जुना गुरुङ, कल्याण रत्न कार्की, उदय कार्की, पूर्णिमा कार्की, ध्रुब कार्की लगायतका कलाकारले अभिनय गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य