2026-07-07 05:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लव नेकपामाथि प्रतिबन्ध लगाए लगत्तै माओवादी केन्द्रद्वारा प्रारम्भिक प्रतिक्रिया

फागुन २८, काठमाडौँ | विप्लव नेकपामाथि प्रतिबन्ध लगाउने सरकारको घोषणा लगत्तै माओवादी केन्द्रले प्रारम्भिक प्रतिक्रिया दिएको छ । एक बिज्ञप्ति निकाल्दै माओवादी केन्द्रले विप्लव नेकपाप्रति सरकारले लगाइएको प्रतिबन्ध फिर्ता लिन आग्रह गरेको हो । 

साथै माओवादी केन्द्रले बिज्ञप्ति मार्फत विप्लव नेकपालाई वार्ता र शान्तिपूर्ण राजनीतिमा आउन समेत आग्रह गरेको छ । माओवादी केन्द्रले सरकार र विप्लव नेकपालाई गम्भीर प्रश्न गर्दै भनेको छ 'अन्यथा गणतन्त्र लगायतका उपलब्धि खोसिने जोखिमको जिम्मेवार को हुने ?'

यसैबीच माओवादी केन्द्रको तीन दिनदेखि बुटवलमा जारी बैठक आजै सम्पन्न भएको छ । बैठक लगत्तै माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले सरकार तथा विप्लव नेकपा दुवै पक्षप्रति लक्षित गर्दै बिज्ञप्ति जारी गरेका हुन् । 


सरकारले मंगलबार नेकपा विप्लव समूह आपराधिक संगठन भएको ठहर गर्दै उसमाथि प्रतिबन्ध लगाएको थियो । मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव समूह भनी चिनिने नेकपा नामको समूहलाई प्रतिबन्ध लगाउने घोषणा गरेको हो । विप्लव समूहले आपराधिक कृयाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने कार्य गरेको सरकारको ठहर छ ।

मन्त्रिपरिषद् बैठकले विप्लव समूहका नामबाट अब कुनै पनि गतिविधि गर्न नदिने गरी प्रतिबन्ध लगाएको हो । विप्लव नेकपालाई वार्तामा बोलाउँदा समेत नआएपछि सरकारले प्रतिबन्ध लगाउनु परेको प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमा जानकारी गराएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड