२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँमा भूमिगत पानीको भण्डार रित्तिँदै, भासिन सक्ने चेतावनी

२९ फाल्गुन २०७५, बुधबार ०२:२७

फागुन २९ , काठमाडौँ | काठमाडौं उपत्यका वरिपरि ठूला नदीनाला नहुँदा र दैनिक ठूलो परिणाममा जमिन मुनिको पानि उपभोग हुँदा सतहको पानी भण्डार रित्तिदै गएको छ । 

आजको नयाँ पत्रिकामा लेखिएको समाचार अनुसार काठमाडौँ उपत्यकामा पानीको अर्को स्रोत कुण्ड र पोखरी पनि धेरै छैनन् । लामो समयदेखि काठमाडौँ उपत्यकामा जमिनमुनिको पानी अत्यधिक रूपमा निकाल्न थालेपछि पानीको सतह तीव्र रूपमा घट्दै गएको छ । जमिनमुनि पानीको भण्डार रित्तिने र थप पानी रिचार्ज हुन (ग्राउन्ड वाटर रिचार्ज) कम हुँदै जान थालेपछि उपत्यका जुनसुकै वेला भासिन सक्ने विज्ञहरूले चेतावनी दिएका छन् ।

भूमिगत जलस्रोत विकास समितिले विगत नौ वर्षदेखि उपत्यकाका विभिन्न २९ ठाउँमा डिप ट्युबवेल राखेर गरेको अध्ययनबाट हरेक वर्ष पानीको सतह घट्दै गएको देखिएको हो ।

आवास भवन, उद्योग, कलकारखाना, सडक लगायत भौतिक संरचना वातावरणमैत्री नहुँदा जमिनमुनि रिचार्ज हुन समस्या भइरहेको भूमिगत जलस्रोत विकास समितिको भनाइ छ । 

त्यस्तै बिज्ञहरुले उपत्यकाबाहिर जमिनमुनिको पानीमा समस्या नरहेको बताएका छन् । उपत्यका बाहिरका केही ठाउँमा डिप ट्युबवेल राखेर जमिनमुनि पानीको अध्ययन गर्दा उपत्यका बाहिर भने कुनै पनि ठाउँमा जमिनमुनि पानीको सतह नघटेको बिज्ञहरुले जनाएका छन् । 

बिज्ञहरुले उपत्यकाका २९ ठाउँमा डिप ट्युबवेल राखेर अध्ययन गर्दा पानीको सहत घटेको पाइएको बताएका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने