पढ्न करिब 1 मिनेट लाग्छ

चैत १, काठमाडौँ | आगामी वैशाखदेखि पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याइने भएको छ । नेपाल आयल निगमले चैतमा पाइप लाइन निर्माणको काम सकेर वैशाखदेखि पेट्रोलियम पदार्थ ल्याइने जनाएको छ ।

मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइप लाइनको २८ किलोमिटर निर्माण सम्पन्न भएको छ । अब आठ किलोमिटर निर्माण बाँकी छ ।

अमलेखगन्जदेखि पथलैयासम्मको जङ्गलमा रुख कटानको काममा प्रक्रिया पुर्याउँदा ढिलाइ भएको निगमले जनाएको छ ।

- यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।