२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी ७ व्यक्तिलाई भुलेर पनि नमस्कार गर्नु हुँदैन, यस्तो छ कारण

२०७५, १ चैत्र शुक्रबार ०८:४०

नमस्कार हाम्रो संस्कार हो । र हामी आफूभन्दा अग्रज व्यक्तिहरुलाई सम्मान स्वरूप नमस्कार गर्छौं ।  हिन्दू धर्म अनुसार नमस्कारको महत्व व्यापक छ । भगवानलाई पूजा गर्दा समेत नमस्कार अनिवार्य रुपमा गरिन्छ । यसकारण नमस्कारले केही न केही अर्थ राख्दछ । नमस्कार हामीले जो-कोहीलाई गरिदैन व्यक्ति विशेषलाई मात्र नमस्कार गरिन्छ । आफूले मान्नुपर्ने मानिसलाई नमस्कार गरिन्छ । मानिस पहिलो भेटघाटमा पनि नमस्कार गर्दछन् । तर नमस्कार गर्दा पनि विशेष ख्याल गर्नुपर्छ । यी ७ व्यक्तिलाई भने कहिल्यै पनि नमस्कार गर्नुहुँदैन ।

ती व्यक्ति जसलाई कहिल्यै नमस्कार नगर्नुस्

१. मुर्ख मानिस: आचरण र व्यवहारका विषयमा कुनै ज्ञान नभएको व्यक्तिलाई नमस्कार गर्दा उसले दिन सक्ने प्रतिक्रियाले झन् आफैलाई नराम्रो असर गर्न सक्छ । उसले गर्न सक्ने व्यवहार आफूप्रति नराम्रो भएको खण्डमा नमस्कार गर्ने व्यक्तिको भावनामा चोट पुग्न सक्छ ।

२. नुहाइरहेको व्यक्ति:  नुहाइरहेको व्यक्तिलाई नमस्कार गर्नु पनि राम्रो मानिदैन । किनकी यसले नमस्कार गर्ने र ग्रहण गर्ने दुवैलाई अप्ठ्यारो हुन सक्छ ।

३. दौडिरहेको व्यक्ति :दौडिरहेको व्यक्तिलाई नमस्कार गर्नु पनि राम्रो मानिन्न ।  दौडिरहेको व्यक्तिलाई नमस्कार गर्दा उक्त व्यक्तिको दौडिरहँदाको ध्यान तोडिन सक्छ भने उनले नियन्त्रण गुमाएर लड्न सक्छ जसका कारण उसले चोट पटकको सामना गर्नुपर्ने हुन्छ । यस्तै, दौडिँदा उसले तपाईले गरेको नमस्कार नदेख्न सक्छ र तपाईले गरेको नमस्कार खेर जाने तथा मन खिन्न पनि हुन सक्छ ।

४. धनको अंहकार गर्ने व्यक्ति : यस्तो व्यक्ति जसलाई आफ्नो धनको अहंकार छ उसलाइ नमस्कार गर्दा पनि आफू लज्जित तथा अपमानित हुनु पर्ने हुन सक्छ त्यसैले त्यस्ता व्यक्तिलाइ नमस्कार नगर्दा राम्रो हुन्छ ।

५. पानीमा रहेको व्यक्ति : पानीमा पौडिरहेको व्यक्तिलाई नमस्कार गर्दा उसको ध्यान तोडिन सक्छ र उसले नियन्त्रण गुमाउँदा उसको ज्यान जोखीममा पर्न सक्छ । त्यसैले यस्ता व्यक्तिलाई नमस्कार गर्नु पनि राम्रो मानिदैन ।

६. जुठो परेको व्यक्ति:  यदी कोही व्यक्ति मृत्यु संस्कार या अन्य कुनै कारणले अपवित्र भएको छ भने त्यस्ता व्यक्तिलाई नमस्कार गर्नु फाइदाजनक हुँदैन । उक्त व्यक्तिको मनोदशा ठिक स्थितिमा नरहने भएकाले नमस्कार गर्नुले राम्रो गर्दैन ।

७. टाढा रहेको व्यक्ति: आफूबाट केही टाढा रहेको व्यक्ति जसले आफूले गरेको नमस्कार नदेख्न सक्छ त्यस्ता व्यक्तिलाई पनि नमस्कार नगर्नु राम्रो । किनकी उसले नमस्कार नगरेको खण्डमा नदेखेर नमस्कारको कुनै प्रतिक्रिया नदिँदा नराम्रो लाग्न सक्छ । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती