२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालको एक पोखरी जहाँ संसारकै लोपोन्मुख माछा पाइन्छ

२०७५, १ चैत्र शुक्रबार १०:४६

केदार मगर । चैत १, खोटाङ । चारैतिर वनजङ्गल बीचमा एकनासले अचल भएर बसेको छ, विशाल पोखरी । जसको मुहान र निकास केही देखिन्न । चारैतिर पहाडै पहाडको बीच भागमा रहेको समथर जमीनमा अवस्थित पोखरीको आयतन बाह्रै महीना एउटै देखिन्छ । जहाँ संसारकै लोपोन्मुख रातो माछा पाइने गरिन्छ । 

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारदेखि १६ कोष दक्षिणमा पर्ने यो तालको नाम हो ‘बराहपोखरी’ । यसलाई सौन्दर्यकी खानीभन्दा फरक पर्दैन । यो पोखरीले झण्डै पाँच किलोमिटर क्षेत्रफल ओगटेको छ । ३३० मिटर लम्बाइ र २१० मिटर चौडाइ भएको यो पोखरीमा हरेक वर्षको हरिबोधनी एकादशीको दिन ठूलो मेला लाग्ने गर्छ । 

परापूर्वकालमा एउटा घरको अँगेनोबाट माछा निस्किएपछि त्यसलाई पोलेर खाँदा त्यहाँबाट पानी निस्किएर मगर बस्तीका १२ घर डुबेर बनेको ताल भएकाले यसलाई बराहपोखरी भनिएको किंवदन्ती छ । 

बराहपोखरी पुग्न दिक्तेलबजारदेखि पैदल यात्रा गर्दा दुई दिन लाग्छ । दिक्तेल, टेम्मा, चुइचुम्मा बोफ्लु, छितापोखरी, चिप्रिङ, इन्द्रेयणीपोखरी, खोटाङबजार हुँदै सावाखोला तरेपछि करिब तीन घण्टामा बराहपोखरी पुगिन्छ । उदयपुरबाट खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोशीस्थित बुवाँजोरघाट, कुलाबाध हुँदै बराहपोखरी पुगिन्छ । भोजपुरबाट पाँचधारे हुँदै चिसापानी छिचोलेपछि त्यहाँ पुगिन्छ । 

बराहपोखरीस्थित स्थानीय शैलीका होटलहरु प्रशस्त रहेकाले त्यहाँ बास बस्नका लागि कुनै समस्या छैन । बराहपोखरी आसपासका होटलमा खानाबाहेक सेलरोटी, सिबलतरुल, घरतरुल लगायतका परिकारहरू प्रशस्तै पाइन्छन् । बराहपोखरीको दक्षिणपट्टि अवस्थित बराहमाई र शङ्खेश्वरको पूजाआराधना गरे चिताएको कुरा पूरा हुने जनविश्वास रहिआएको छ । जीवनमा शान्ति मिलोस् भनी मन्दिर जोडी परेवा उडाउनाका साथै शुद्धताका लागि पोखरीमा नुहाएर पूजाआराधना गर्ने चलन छ । 

बाह्रै महीना हरियो देखिने यस पोखरीमा नुहाए मोक्ष पाउने पनि जनविश्वास छ । विवाह गरेको लामो समयसम्म सन्तान नभएका जोडीले यहाँ आएर पूजापाठ गरे सन्तान पाइने जनविश्वास छ । हरिबोधनी एकादशीका अवसरमा लाग्ने यहाँको मेलामा विशेषगरी धामीझाँक्रीको भीड लाग्ने गर्छ । उक्त पोखरीमा रामनवमी, शिवरात्रि, बालाचतुर्दशी र माघे सङ्क्रान्तिका दिन शत्बीज छर्ने प्रचलन पनि रहेको छ । 

प्राकृतिक रुपमा सुन्दर तथा धार्मिक आस्थाका धरोहर मानिने बराहतालमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ । पूजाआजा र अवलोकन भ्रमण गर्नेको आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या अहिले दैनिक ३०० को हाराहारीमा रहेको स्थानीयवासीको भनाइ छ । 

बराहपोखरी आउने पर्यटकलाई लक्षित गरेर अहिले तीन वटा डुङ्गा सञ्चालन गरिएको छ । डुङ्गा सयर गर्ने पर्यटकबाट सङ्कलित रकम पोखरी व्यवस्थापनका लागि खर्च गरिदैं आएको पोखरी व्यवस्थापन समितिले जनाएको छ । 

यो पोखरीलाई नेपाल सरकारले देशको १०० वटा पर्यटन गन्तव्यमध्ये एउटा गन्तव्य क्षेत्रका रुपमा घोषणा गरिसकेको छ । यसको चौतर्फी विकासका लागि सरकारले गरेको यो निर्णय जिल्लाको पर्यटन विकासका लागि कोशेढुङ्गा साबित हुने विश्वास प्रतिनिधिसभा सदस्य विशाल भट्टराईको छ । 

यसअघि आव २०७३÷७४ मा बराहपोखरीको विकासका लागि प्रतिनिधिसभा सदस्य भट्टराईको संसदीय विकास कोषबाट रु ६० लाख बजेट विनियोजन गरिएको थियो । उक्त बजेटबाट पोखरीमा अवस्थित बराहमाई र शङ्खेश्वर मन्दिर पुनःनिर्माण गर्नाका साथै डुङ्गा खरीद गरेर सञ्चालनमा ल्याइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण