२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

“कृषिमन्त्रि साह भन्छन्, कृषिप्रधान देश भनेर प्रचार गर्नु वाहेक केन्द्रले केही गरेन्”

३ चैत्र २०७५, आईतवार ०३:३९

राम नारायण पंडित | चैत ३, सिरहा | प्रदेश २ को भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले नेपाल कृषि प्रधान देशको रुपमा संसारभर परिचित रहेपनि उन्नत कृषिका लागि संघीय सरकारले उचित व्यवस्थापन गर्न नसक्नु दुःखद भएको बताएका छन् । सिरहाको मिर्चैया नगरपालिका ९ धुर्मीबजार स्थित शिवशक्ति कृषि सहकारी संस्था लि. को सातौं साधारण सभाको शनिवार उद्घाटन गर्दै मन्त्रि साहले संघिय सरकारले देश कृषिप्रधान रहेको भन्दै आएपनि कृषि क्षेत्रलाई प्राथमिकता नदिएको आरोप लगाए । उनले भने, “ मुलुक कृषि प्रधान देश हो भन्दै प्रचार गर्ने वाहेक संघिय सरकारले केही गरेन’, ‘अव प्रदेश सरकारले साँच्चै नै किसानका पक्षमा काम गर्छ, उनले थपे, अव किसान युग सुरु हुदैछ, प्रदेश मात्र नभई देशको समृद्धि कृषिमै निर्भर छ ।” 

देशको ६५ प्रतिशत र प्रदेश २ को ८५ प्रतिशत नागरिक कृषिमा निर्भर रहेको भन्दै उनले कृषिलाई आधुनिकिकरण गर्दै प्राविधिक कृषि विकासको लागि प्रदेश सरकार हर सम्भव प्रयास गरिरहेको स्पष्ट गरे । अगामी वर्षमा प्रदेशको हरेक पालिकामा कृषि औजारको व्यवस्थापन गर्न लागेको जानकारी दिदै मन्त्री साहले कृषिको लागि आवश्यक पर्ने पानी, विजुली, मलखाध, उन्नत विउ, कृषि सडक, कृषि औजार लगायतका सम्पूर्ण सामग्री सरकारले उपलब्ध गराउने तयारीमा रहेको बताए । उनले प्रदेश सरकार कृषिलाई प्रविधिसँग जोडन लागि परेको समेत बताएका छन् । 


तराई–मधेशका जनताको मुल पेशा खेती–गृहस्थी भएको भन्दै उनले किसानलाई वैज्ञानिक ढंगले खेती गर्न आगामी बजेटमा एक बिघासम्म खेति गर्ने किसानलाई खेतीबालीका लागि १० हजार रुपैयाँ नगद बैंक मार्फत सहयोग गर्ने समेत आश्वासन दिएका छन् । कृषि उत्पादनको सुरक्षा, विक्री वितरणको व्यवस्थापन लगायतका विषयमा सरकारले योजनावद्ध रुपमा काम गरिरहेको उनले जिकिर गरे । किसानका लागि सिचाईको समस्या दिर्घकालिन रुपमा समाधान गर्नका लागि कोसी, कमला डाईभर्सनको सम्झौता एडिबीसंग भईसकेको समेत मन्त्रि साहले स्पष्ट गरे । 

प्रदेश सहकारी ऐन टेबल भईसकेको भन्दै मन्त्रि साहले चैत महिना भित्रै पारित हुने बताए । ऐन आएपछि सहकारी क्षेत्रको बिकासमा थप सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । छोरी शिक्षा विमा कार्यक्रम प्रदेश भरी लागु भएको भन्दै मन्त्रि साहले कार्यक्रम अन्तर्गत माघ १ गतेपछि जन्मिएको बालिकाहरुलाई १ लाख २५ हजारको विमा भईरहेको बताए । 

संघिय सरकारले अझै पनि असहयोग यथावत राखेको आरोप लगाउदै मन्त्रि साहले जसको कारणले प्रदेश सरकारलाई कानुन निर्माण गर्न ढिलाई भईरहेको रोष प्रकट गरे । अहिले अधिकारका लागि संघर्ष र विकासका काम संगसंगै गर्नुपर्ने अवस्था रहेको उनले बताए । 

कार्यक्रमलाई सम्बोधन गर्दै सिरहा क्षेत्र नं. ४ “क” प्रदेश सभाका सांसद दिलिप साहले राज्यको निति स्पष्ट नहुँदा सहकारी क्षेत्रमा सोचेजति विकास हुन नसकेको बताए । सहकारीहरुलाई पनि एनजिओमुखि नभएर जनतामुखि भएर सेवा प्रवाह  गर्न उनले आग्रह गरे । स्थानिय कमलदह, मिर्चैया बजारको दुर्गा मन्दिर, जिबा खोला क्षेत्रमा पिकनिक स्पोट र उतरायणीको विकासका लागि पर्यटनमन्त्रिसंग छलफल भएको खुलासा गरे । सिरहाको उतरी क्षेत्रमा अझैपनि खानेपानीको साथै सिचाईको लागि पानीको अभाव रहेकोले पानीको समस्या हल गर्न आफु पहल गरिरहेका आश्वासन दिएका छन् ।  

उक्त क्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदनज गरेको व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।


संस्थाका अध्यक्ष दिपेन्द्र कुमार साहको अध्यक्षतामा भएको साधारण सभा तथा नयाँ भवन उद्घाटन कार्यकममा संस्थाको २०७५÷०७६ को आयव्याय समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा कृषि विशेषज्ञ रामलखन मण्डल, राप्रपाका केन्द्रिय सदस्य राम नारायण साह, संघिय समाजबादी फोरम नेपालका केन्द्रिय परिषद सदस्य बिरेश्बर यादब, जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष संजय महतो लगायतका सम्बोधन गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा