२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

“कृषिमन्त्रि साह भन्छन्, कृषिप्रधान देश भनेर प्रचार गर्नु वाहेक केन्द्रले केही गरेन्”

२०७५, ३ चैत्र आईतवार ०३:३९

राम नारायण पंडित | चैत ३, सिरहा | प्रदेश २ को भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले नेपाल कृषि प्रधान देशको रुपमा संसारभर परिचित रहेपनि उन्नत कृषिका लागि संघीय सरकारले उचित व्यवस्थापन गर्न नसक्नु दुःखद भएको बताएका छन् । सिरहाको मिर्चैया नगरपालिका ९ धुर्मीबजार स्थित शिवशक्ति कृषि सहकारी संस्था लि. को सातौं साधारण सभाको शनिवार उद्घाटन गर्दै मन्त्रि साहले संघिय सरकारले देश कृषिप्रधान रहेको भन्दै आएपनि कृषि क्षेत्रलाई प्राथमिकता नदिएको आरोप लगाए । उनले भने, “ मुलुक कृषि प्रधान देश हो भन्दै प्रचार गर्ने वाहेक संघिय सरकारले केही गरेन’, ‘अव प्रदेश सरकारले साँच्चै नै किसानका पक्षमा काम गर्छ, उनले थपे, अव किसान युग सुरु हुदैछ, प्रदेश मात्र नभई देशको समृद्धि कृषिमै निर्भर छ ।” 

देशको ६५ प्रतिशत र प्रदेश २ को ८५ प्रतिशत नागरिक कृषिमा निर्भर रहेको भन्दै उनले कृषिलाई आधुनिकिकरण गर्दै प्राविधिक कृषि विकासको लागि प्रदेश सरकार हर सम्भव प्रयास गरिरहेको स्पष्ट गरे । अगामी वर्षमा प्रदेशको हरेक पालिकामा कृषि औजारको व्यवस्थापन गर्न लागेको जानकारी दिदै मन्त्री साहले कृषिको लागि आवश्यक पर्ने पानी, विजुली, मलखाध, उन्नत विउ, कृषि सडक, कृषि औजार लगायतका सम्पूर्ण सामग्री सरकारले उपलब्ध गराउने तयारीमा रहेको बताए । उनले प्रदेश सरकार कृषिलाई प्रविधिसँग जोडन लागि परेको समेत बताएका छन् । 


तराई–मधेशका जनताको मुल पेशा खेती–गृहस्थी भएको भन्दै उनले किसानलाई वैज्ञानिक ढंगले खेती गर्न आगामी बजेटमा एक बिघासम्म खेति गर्ने किसानलाई खेतीबालीका लागि १० हजार रुपैयाँ नगद बैंक मार्फत सहयोग गर्ने समेत आश्वासन दिएका छन् । कृषि उत्पादनको सुरक्षा, विक्री वितरणको व्यवस्थापन लगायतका विषयमा सरकारले योजनावद्ध रुपमा काम गरिरहेको उनले जिकिर गरे । किसानका लागि सिचाईको समस्या दिर्घकालिन रुपमा समाधान गर्नका लागि कोसी, कमला डाईभर्सनको सम्झौता एडिबीसंग भईसकेको समेत मन्त्रि साहले स्पष्ट गरे । 

प्रदेश सहकारी ऐन टेबल भईसकेको भन्दै मन्त्रि साहले चैत महिना भित्रै पारित हुने बताए । ऐन आएपछि सहकारी क्षेत्रको बिकासमा थप सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । छोरी शिक्षा विमा कार्यक्रम प्रदेश भरी लागु भएको भन्दै मन्त्रि साहले कार्यक्रम अन्तर्गत माघ १ गतेपछि जन्मिएको बालिकाहरुलाई १ लाख २५ हजारको विमा भईरहेको बताए । 

संघिय सरकारले अझै पनि असहयोग यथावत राखेको आरोप लगाउदै मन्त्रि साहले जसको कारणले प्रदेश सरकारलाई कानुन निर्माण गर्न ढिलाई भईरहेको रोष प्रकट गरे । अहिले अधिकारका लागि संघर्ष र विकासका काम संगसंगै गर्नुपर्ने अवस्था रहेको उनले बताए । 

कार्यक्रमलाई सम्बोधन गर्दै सिरहा क्षेत्र नं. ४ “क” प्रदेश सभाका सांसद दिलिप साहले राज्यको निति स्पष्ट नहुँदा सहकारी क्षेत्रमा सोचेजति विकास हुन नसकेको बताए । सहकारीहरुलाई पनि एनजिओमुखि नभएर जनतामुखि भएर सेवा प्रवाह  गर्न उनले आग्रह गरे । स्थानिय कमलदह, मिर्चैया बजारको दुर्गा मन्दिर, जिबा खोला क्षेत्रमा पिकनिक स्पोट र उतरायणीको विकासका लागि पर्यटनमन्त्रिसंग छलफल भएको खुलासा गरे । सिरहाको उतरी क्षेत्रमा अझैपनि खानेपानीको साथै सिचाईको लागि पानीको अभाव रहेकोले पानीको समस्या हल गर्न आफु पहल गरिरहेका आश्वासन दिएका छन् ।  

उक्त क्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदनज गरेको व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।


संस्थाका अध्यक्ष दिपेन्द्र कुमार साहको अध्यक्षतामा भएको साधारण सभा तथा नयाँ भवन उद्घाटन कार्यकममा संस्थाको २०७५÷०७६ को आयव्याय समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा कृषि विशेषज्ञ रामलखन मण्डल, राप्रपाका केन्द्रिय सदस्य राम नारायण साह, संघिय समाजबादी फोरम नेपालका केन्द्रिय परिषद सदस्य बिरेश्बर यादब, जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष संजय महतो लगायतका सम्बोधन गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला