२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चकलाबन्दी खेती गरी उत्पादन बढाउनुको विकल्प छैनः प्रम

३ चैत्र २०७५, आईतवार १०:३६

चैत ३, विराटनगर (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले कानूनबमोजिम बाहेकका कुनै पनि काम गर्न सरकारले छुट नदिने बताउनुभएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित फलफूल तथा तरकारी थोक बजार उद्घाटन गर्दै उहाँले चन्दाका नाममा जनतालाई धम्काउने र त्रास देखाउने गतिविधि लोकतन्त्रमा चल्दैन भन्नुभयो । प्रधानमन्त्री ओलीले बजारको साँचो प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गर्नुभयो भने जग्गादाता जनप्रिय मावि, कटहरी गाउँपालिका अध्यक्ष र निर्माण कम्पनीलाई सम्मान गर्नुभयो । 

प्रधानमन्त्री ओलीले पृथकतावाद समाप्त भएकाले शान्तिपूर्ण ढङ्गले देश सञ्चालनमा लाग्न सबैलाई आग्रह गर्नुभयो । लोकतन्त्रको आवरणमा नेत्रविक्रम चन्द समूहले गरेका अराजक गतिविधिमा प्रतिबन्ध लगाइएको प्रष्ट पार्दै उहाँले कानूनी परिधिभित्र आफ्ना राजनीतिक क्रियाकलाप गर्न र हतियार बुझाउन सरकारले समय दिएको स्पष्ट गर्नुभयो । प्रधानमन्त्री ओलीले कृषिप्रधान मुलुकमा राष्ट्रिय आयमा देखिएको योगदानले कृषिप्रधान देश भन्न सक्ने अवस्था नरहेको बताउँदै कृषि उत्पादन र उत्पादकत्व बढाउन आग्रह गर्नुभयो । उहाँले यस किसिमको बजार अन्य जिल्लामा पनि विस्तार गरिने तथा कृषि पेशालाई मर्यादित बनाउन र युवालाई यसमा समाहित गर्नका लागि कृषिको आधुनिकीकरण र यान्त्रिकीकरण गर्न सरकार लागिपरेको जानकारी दिनुभयो । “जमीन खण्डीकरणको समस्या समाधान गर्न र उत्पादन बढाउन सरकारले चकलाबन्दी खेती गर्न योजना बनाइरहेको छ, सहकारी माध्यमबाट चकलाबन्दी खेती गरी उत्पादन बढाउनुको विकल्प छैन”, उहाँले भन्नुभयो । 

उहाँले सगरमाथा, गौरीशङ्कर जस्ता थुप्रै हिमालका पानी सो प्रदेशमा आउने भएकाले त्यहाँको उर्वरा जमीनमा उत्पादन बढाउन तथा अलैँची, चिया र सुपारी उत्पादन हुने भएकाले बहुबाली उत्पादमा ध्यान दिनुपर्छ भन्नुभयो । उहाँले उत्पादन बढाई वस्तु निर्यात गरेर अर्थतन्त्रलाई बलियो बनाउनुपर्नेमा पनि जोड दिनुभयो । प्रधानमन्त्री ओलीले युवालाई हौसला प्रदान गर्दै पछौटेपनलाई समाप्त गर्नका लागि जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीलाई सचेतनाको अभियान सञ्चालन गर्न आग्रह गर्नुभयो । विकास र समृद्धिको यात्रामा हिँड्न जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीले जनतालाई अभिभावकत्व दिनुपर्ने उहाँको भनाइ थियो । 

सो अवसरमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण शुरु भइसकेको जानकारी दिँदै सो बजारलाई व्यवस्थित र प्रभावकारी ढङ्गले सञ्चालन गर्न प्रदेश सरकारले नियमन गर्ने बताउनुभयो । कृषि तथा पशुपक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले देशभरिमा ३१ कृषि बजार र केही शीतगृह बनाउने सरकारको योजना रहेको जानकारी दिनुभयो । कृषि सचिव डा युवकध्वज जोशीले उत्पादक र उपभोक्ताबीचमै बिचौलियाले खेल्ने खेल सो बजारले समाप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले तीन नदीले घेरिएको कटहरी गाउँपालिकामा बाढीको समस्या रहेको अवगत गराउनुभयो । 

स्थानीय जनप्रिय मावि कटहरीले चार बिघा र कटहरी गाविसले १८ कठ्ठा दुई धुर उपलब्ध गराएको सो जग्गामा निर्माण भएको अत्याधुनिक कृषि थोक बजारमा तरकारी ४५ हजार मेट्रिकटन र फलफूल १० हजार मेट्रिकटन अट्ने क्षमता छ । नेपाल सरकार र विश्व बैँकको अनुदानमा रु १५ करोड ४८ लाख ४९ हजार लागतमा भूमि कन्सट्रक्सन प्रालिले बजार निर्माण गरेको हो । बजारले सुनसरी, मोरङ, झापा र धनकुटाका कृषकलाई लाभान्वित गराउने अपेक्षा गरिएको छ । बजारमा थोक बिक्रेताका लागि ४० र खुद्रा बिक्रेताका लागि ३५ कक्ष बनाइएको छ । बजारभित्र एक प्रशासनिक भवन र बैंक पनि रहने छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य