२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमै पहिलो पटक र्याप व्याटल अफ नेपाल प्रतियोगिता हुँदै

३ चैत्र २०७५, आईतवार ११:३०

चैत ३, काठमाडौँ | विगत २१ वर्षदेखि शैक्षीक तथा १२ वर्षदेखि ईभेन्ट र मनोरञ्जन क्षेत्रमा अनुभवी व्यक्तिहरुद्वारा सञ्चालित एएनपी मिडिया हाउसले नेपालमै पहिलोपटक र्याप संगीतको क्षेत्रमा बृहतरुपमा र्याप व्याटल अफ नेपाल २०१९ प्रतियोगिता आयोजना गर्ने भएको छ । 

विभिन्न शैक्षिक कार्यक्रम तथा विभिन्न उमेर समूह र वर्गका लागि सौन्दर्य र प्रतिभामूलक कार्यक्रम आयोजना गर्दै आएको हाउसले र्याप सगीतका लागि पहिलोपटक बृहतरुपमा रियालीटी शोका रुपमा स्पर्धा गर्न लागेको हो । 

१२ वर्षदेख २४ वर्ष उमेर समूहका कम्तिमा ८ कक्षा अध्ययन गर्दै गरेको कुनै पनि उचाई र वजनका प्रतिभाशाली नेपाली नागरीकले यसमा भाग लिन सक्ने मिडिया हाउसका प्रवन्ध निर्देशक लबबहादुर कार्कीले जानकारी गराएका छन्।  यो रियालिटी शोमा भोछिङ प्रणालि तथा निर्णायकको मूल्यांकन आधारमा विजेता घोषणा गरिने उनले बताए। व्याटलमा प्रथम हुनेलाई ३० हजार रुपियाँ तथा फष्ट र सेकेण्ड रनर्सअपलाई क्रमशः २० र १० हजार रुपियाँ प्रदान गरिनेछ । 


टेलिभिजन र एएनपी मिडिया हाउसको आधिकारीक युट्युब च्यानल ANP MEDIA HOUSE मा देखाईने र्याप व्याटल अफ नेपाल २०१९ का लागि आगामी चैत २२ गते राजधानीमा अडिसन लिइनेछ। अडिसनबाट एक सयजनालाई चयन गरिने र उनीहरुका बिच स्पर्धा गराइने कार्कीले जनाएका छन्। 

र्याप गीत संगीतले पछिल्लो समयमा पाएको लोकप्रियता तथा यसमा युवा पुस्ताले देखाएको उत्साहका कारण र्याप व्याटल अफ नेपाल २०१९ आयोजना गर्न लागिएको आयोजक कार्कीले बताए ।  उनका अनुसार यो प्रतियोगिता नेपालका चर्चित र्यापरहरुकै बिच सञ्चालन गरिनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ