Skip to content
Friday, July 17, 2026 Nepali Online Media

कतारमा नेपाली श्रमिक शून्य लागतमा लैजाने बारे यस्तो सहमति जुट्यो !

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>चैत ४, काठमाडौँ – कतार नेपाली श्रमिक शून्य लागतमा लैजान विषयमा सकारात्मक देखिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको नेतृत्वमा गएको नेपाली प्रतिनिधि र ती देशका प्रतिनिधिबीच भएको छलफलमा कतार सकारात्मक देखिएको हो ।&nbsp;</p><p>कतारसँग पहिलो चरणको वार्ता सकेर फर्किनुभएका सहसचिव घिमिरेले द्विपक्षीय वार्ता फलदायी रहेको र श्रमिकलाई व्ययभार नपर्ने गरी तथा उनीहरूका आधारभूत अधिकार एवं सुरक्षाको ग्यारेन्टी गर्ने गरी श्रम समझदारी गर्ने विषयमा कतार सकारात्मक रहेको जानकारी दिए ।&nbsp;</p><p>सहसचिव घिमिरे नेतृत्वको नेपाली टोलीले गएको बुधबार र बिहीबार कतारसँग त्यहाँको प्रशासन विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयका प्रतिनिधिसँग पहिलो चरणको छलफल गरेर स्वदेश फर्किएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।</p>