2026-07-07 05:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लपलाई वार्तामा ल्याउन आग्रह

2019-03-18

चैत ४, काठमाडौँ | राष्ट्रियसभामा सांसद राधेश्याम अधिकारीले सरकारले प्रतिपक्षलाई विश्वासमा लिएर नेत्रविक्रम चन्द नेतृत्वको पार्टीलाई वार्तामा ल्याई समस्याको समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

राष्ट्रियसभाको आजको विशेष समयमा सांसद अधिकारीले सरकारले स्पष्ट भएर प्रतिपक्षलाई विश्वासमा लिएर वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । मुलुक दशवर्षको जनयुद्धले थलिएको अवस्थामा शान्ति सम्झौताको १२ बुँदे सहमतिमा नेत्रविक्रम चन्दको पनि संलग्नता भएको हुँदा सो सम्झौताको पालना चन्दले पनि गर्नुपर्ने उहाँको भनाइ थियो । 

सांसद अधिकारीले द्वन्द्वका कारण नेपाली जनताले फेरि दुःख पाउने उल्लेख गर्दै सरकारले शान्ति सुरक्षा कायम गर्नका लागि राजनीतिक रुपमै समाधान खोज्नुपर्नेमा जोड दिनुभयो । 

सांसद चक्रप्रसाद स्नेहीले सरकारले सोमप्रसाद पाण्डेयको संयोजकत्वमा गठन गरेको वार्ता टोलीले चन्दको समूहलाई कति पटक वार्तामा बोलायो भन्नेबारेमा सदनलाई गराई वार्ताको माध्यमबाट समाधान खोज्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसद खेमराज नेपाली र हरिचरण शिवाकोटीले स्वतन्त्र मधेश गठबन्धनलाई मूलधारमा ल्याउनु सरकारको महत्वपूर्ण कार्य भएको उल्लेख गर्दै चन्द नेतृत्वको पार्टीलाई पनि मूल धारणा ल्याउन सुझाव दिनुभयो । 

सांसद दिलकुमारी रावलले गर्मीको मौसम शुरु हुनेबितिकै देशका विभिन्न स्थानमा आगलागीका कारण ठूलो जनधनको क्षति भएको हुँदा राहत दिन र आगलागी नियन्त्रणका लागि प्रत्येक नगरपालिकामा दमकलको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसद वृषेशचन्द्र लालले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा बनेको आयोगको प्रतिवेदन शीघ्र सार्वजनिक गर्न माग गर्नुभयो । 

सांसद कोमल वलीले राप्ती प्रादेशिक अस्पतालमा दैनिक ३००÷४०० बिरामीको चाप हुँदा पनि तीन÷चार जना मात्र चिकित्सकले काम गर्दा छिटो सेवा नपाएको प्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सरकारलाई दरबन्दी दिने तर चिकित्सक नदिने विषयमा ध्यान दिन आग्रह गर्दै अस्पतालको भवन पनि जीर्ण भएको हुँदा मर्मतका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । 

सांसद रमेशजङ्ग रायमाझीले केही शिक्षकले दोहोरो सुविधा लिएर अनियमितता गरेको हुँदा राज्यको दोहन गर्ने कार्य रोक्नका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड