Skip to content
Friday, July 17, 2026 Nepali Online Media

नेकपा एकताप्रक्रिया लम्बियो, माधवको चेतावनीले थप जटिल

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत ५, काठमाडौँ | काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको एकता प्रक्रिया लम्बिएको छ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारमा अमेरिका प्रस्थान गरेपछि एकता प्रक्रिया लम्बिएको हो ।

प्रचण्ड अमेरिका जानु अघि नै सांगठानिक एकता प्रक्रिया टुंगो लगाउने गृहकार्य अगाडि बढेको थियो । तर शीर्ष नेताहरुबीच सहमति जुटन नसकेपछि बैठक बस्न सकेको थिएन ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच एकता प्रक्रियाको बाँकी काम टुंगो लगाउने बारेमा अनौपचारिक छलफल भएपनि सहमति जुट्न नसकेको बताइएको छ । अध्यक्षद्धयले मात्र गर्ने निर्णय मान्य नहुने भन्दै वरिष्ठ नेता माधवकुमार नेपालले समानान्तर कमिटी गठन गर्ने चेतावनी दिएपछि सांगठानिक एकता प्रक्रिया थप जटिल बनेको छ ।

- नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।