२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिरानी किन दक्षिणतर्फ बनाएर सुत्नुपर्छ ? यस्तो छ रहस्य !

२०७५, ५ चैत्र मंगलवार ०९:५९

काठमाडौं | कसरी सुत्ने, कुन दिशातर्फ सिरानी बनाउने भन्नेबारे आफ्नै किसिमको धार्मिक महत्व दर्शाइएको छ । यद्यपी धार्मिक कुरामा वैज्ञानिक अर्थ एवं रहस्य पनि लुकेको हुन्छ । जस्तो कि, सिरानी कुन दिशामा लगाउने वा कता टाउको फर्काएर सुत्ने भन्ने कुराको पनि बैज्ञानिक कारण छ ।

के छ त वैज्ञानिक अर्थ ?

खासगरी पृथ्वीमा चुम्बकिय तत्व हुन्छ । यसमा दक्षिणबाट उत्तरतर्फ लगातार चुम्बकिय तरंग प्रवाहित भइरहेको हुन्छ । जब हामी दक्षिणतर्फ सिर अर्थात टाउको राखेर सुत्छौं, तब यी उर्जा हाम्रो शरीरमा प्रवेश गर्छ । र खुट्टाबाट निस्किएर बाहिर जान्छ । यही कारण विहान उठ्दा मान्छेले ताजगी महसुष गर्छन् ।

तर, यदि उत्तरतर्फ टाउको र्फकएर सुत्छौ, तब ठिक विपरित ढंगले हाम्रो शरीरमा चुम्बकिय तरंग प्रवाह हुन्छ ।  जस्तो कि खुट्टाबाट प्रवेश गरेर सिरबाट निस्कन्छ । यसको साइड इफेक्ट भनेको हामीलाई मानसिक समस्या हुन्छ । अल्जाइमर वा मस्तिष्कसम्बन्धी समस्या हुन्छ । उच्च रक्तचापमा पनि यसको कारण मानिएको छ ।

त्यसैले दक्षिणतर्फ टाउको फर्काएर वा सिरानी बनाएर सुत्नुपर्छ ।

सिरानी कता बनाउने भन्ने कुरा पृथ्वीको चुम्बकिय अवस्थितीलाई आधार मानेर तय गरिएको हो । कुन दिशातर्फ सिरानी बनाउँदा सही हुन्छ र कुन दिशा गलत हुन्छ भन्ने कुरा यसैले निर्धाण गर्छ ।

त्यसो त पूर्वी दिसामा पनि सिरानी बनाएर सुत्न सकिन्छ । यसले पनि स्वास्थ्य एवं मानसिकतामा राम्रो प्रभाव पार्ने बताइन्छ । यद्यपी सूर्योदय हुने स्थानमा खुट्टा पारेर सुत्नु हुँदैन । अर्थात पश्चिमतर्फ सिरानी राख्नु राम्रो होइन ।

शरीर विज्ञानको कुरा

हाम्रो मुटु शरीरको तल्लो आधा भागमा छैन, त्यो तीन-चौथार्ए माथिल्लो भागमा छ । किनभने मुटुले रक्त प्रवाह गराउँदा शरीरको तल्लो भागभन्दा माथिल्लो भागमा बढी गाह्रो हनेगर्छ, गुरुत्वाकर्षणको कारण । त्यसैले मुटुभन्दा तलको भागमा रक्त प्रवाह हुने धमनीभन्दा मुटुबाट माथि रक्त प्रवाह गर्ने धमनी बढी परिष्कृत हुन्छ । माथिल्लो भागमा रगत प्रवाह गराउँदा त्यो अत्यान्तै सानो सिरामा हुन्छ, अर्थात कपालको रौं बराबर । यदि त्यसमा अतिरिक्त रगतको बूँद थपियो भने, त्यो फुटेर रक्तश्राव हुनसक्छ ।

धेरैजसो मान्छेको मस्ष्ितकमा रक्तश्राव हुन्छ । यसले खासै ठूलो हानी गरिरहेको हुँदैन, तर सामान्य असर भने गरिरहेकै हुन्छ । ३५ बर्षपछि मान्छेको स्मरणशक्ति वा ग्रहण गर्ने क्षमतामा ह्रास आउनुमा पनि यस्तै कारण हुन्छ ।

जब हाम्रो शरीरमा रगतसँग जोडिएको कुनै समस्या हुन्छ, जस्तो कि एनीमिया वा रक्तअल्पता, तब चिकित्सकले आयरन अर्थात फलाम सेवन गर्नुपर्ने सुझाव दिन्छन् ।

हामीले पृथ्वीको चुम्बकिय क्षेत्र अर्थात म्याग्नेटिक फिल्डको बारेमा सुनेकै छौ । पृथ्वीमा चुम्बकिय शक्ति शक्तिशाली हुन्छन् ।

यदि हामी सुत्दा उत्तर दिशातर्फ टाउको बनाएर सुत्यौ भने वा लगातार यस्तै अवस्थामा ६-७ घण्टा बितायौ भने, चुम्बकिय आकर्षणको दबाव हाम्रो दिमागमा पर्छ । यसले टाउकोको रक्तप्रवाहमा पनि पुरै प्रभाव पार्छ । चुम्बकिय आकर्षणको कारण टाउकोमा बढी रक्तश्राव हुन्छ, त्यही कारण तपाई उत्तेजित भएर उठ्नुहुनेछ । अर्थात तपाईंको निद्रा विचमै टुट्नेछ।

यस किसिमको प्रभाव कति र कस्तो हुन्छ भन्ने कुरा चाहि तपाईंको स्वास्थ्यमा पनि निर्भर गर्छ । यदि रोग प्रतिरोधात्मक क्षमता कमजोर छ भने यसको असर तपाईंले अरु बढी झेल्नुपर्छ ।

सुताई सम्बन्धी केही कुरा

अहिले धेरै अनिद्राको समस्या झेलिरहेका छन् । धेरैको निद्रा खल्बलिएको छ । यसो हुनुमा हाम्रो खराब जीवनशैली, दिनचर्या, खानपान, चिन्तन मूल कारण हो । यदि हामीले हाम्रा पिता पूर्खाले अभ्यास गर्दै आएका तौर तरिकालाई पालना गरेको भए यस्तो समस्या हुँदैनथ्यो ।

– जब तपाईं उठ्नुहुन्छ, दायाँतर्फ घुम्नुहोस् र विछ्यौनाबाट बाहिर आउनुहोस् । किनभने निद्राबाट उठ्नसाथ मेटाबोलिक प्रक्रिया एकदम धीमा हुन्छ । यस्तो अवस्थामा अचानक ओछ्यान छाड्दा मुटुमा दबाव पर्छ ।

– उठ्नसाथ हात दुबै हात रगड्नुहोस् । यसले गर्दा तपाईंको सबै नाडी सक्रिय हुन्छ ।

– उठ्नसाथ मन्द मुस्कुराउने अभ्यास गरौं । किनभने हरेक बिहान हाम्रो निम्ति नयाँ जीवन हो ।

जान्नपर्ने केही कुराहरु 

– सुत्ने ओछ्यान सही दिशामा, सही ढंगले राखेको हुनुपर्छ ।

– सयन कक्षा शान्त, खुला हावा आउजाउ गर्ने हुनुपर्छ ।

– नियमित तालिका अनुसार सुत्नुपर्छ ।

– खाना खाए लगत्तै सुत्नु हुँदैन ।

– सुत्नुअघि मनलाई शान्त बनाउनुपर्छ । व्यवहारिक कुराहरु मनमा खेलाउनु हुँदैन ।

– राती चाडै सुत्ने र विहान चाडै उठ्ने बानी गर्नुपर्छ ।

– कम्तीमा सात वा आठ घण्टा मस्त निदाउनुपर्छ । 

एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो