2026-07-07 05:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

कम्युनिष्ट आन्दोलनमा रावलको योगदान अतुलनिय छ: प्रदेश सदस्य साउद

2019-03-19

कमल रावल | चैत ५, अछाम | नेपाल कम्युनिष्ट पार्टिका प्रदेश कमिटि सदस्य भरत साउदले स्वर्गिय झंकर रावलको कम्युनिष्ट आन्दोलनमा अतुलनिय योगदान रहेको बताउनु भएको छ । समाज परिवर्तनका बाहक रावल ओलिगाउमा शैक्षिक क्रान्ति, जिल्लाको मदिरा नियन्त्रणको अगुवा भएकाले समाज परिवर्तनमा रावलको नाम अग्र स्थानमा रहेको बताउनु भयो ।

नेपाल कम्युनिष्ट पार्टिका नेता स्वर्गिय झंकर बहादुर रावलको बार्षिक पुण्य तिथिमा वलिगाउमा भएको श्रध्दाञ्जलि कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै सविधान सभा सदस्य यव पुर्व सभासद समेत रहेका साउदले कम्युनिष्ट आन्दोलन र अछाममा कम्युनिष्ट बचाई राख्न ठुलो योगदान दिएकाले उहाका अधुरा सपना सबै मिलेर साकारा पार्नु पर्ने बताउनु भयो 


कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टिका प्रदेश कमिटि सदस्य तथा पुर्ब जिबिस सभापति कृष्ण प्रसाद जैसिले जनताबाट निर्वाचित भएर गाउ समाजका लागि केहि गर्ने अठोट पुरा नभएकाले अब अधुरा अपुरा सपना पुरा गर्न परिवार सबै लाग्नु पर्ने बताउनु भयो । ब्यक्तिले सगठन निर्माण नहुने भएकाले पार्टिलाई योगदान दिने रावल जस्ता ब्यक्तिको सम्मानका लागि जिल्ला कमिटिले समेत योगदानको कदर गर्दै अगाडि बढनु पर्ने सुझाव दिएका थिए । 


नेकपा प्रदेश कमिटि सदस्य कमल तिमिल्सैनाले रावलले  अगालेका सामाजिक कुरिति, बिसगति बिरुदका कुरा सबैले अगालेर अगाडि बढनु पर्ने बताउनु भयो ।

मगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले समाजका लागि केहि गरेर गएका ब्यक्तिलाई सबैले सम्मान दिनु पर्ने बताउदै राम्रो कार्यलाई अगाल्दै जानु पर्ने बताउनु भयो । 

नेपाल कम्युनिष्ट पार्टि अछामका कार्यदल सदस्य चन्द्र बोहराले अध्यक्षता ग्रहण गर्दै तल्लो तह देखि जिल्ला तहसम्म पार्टिको एकता कार्य सकिने बितिकै योगदानको सम्मान गर्दै केहि कार्य गरिने जानकारि दिनु भयो । कार्यक्रममा नेकपा नेता भक्त बहादुर बोगटि, नेपालि काग्रेस नेता तथा वडा नम्बर ९ का अध्यक्ष  झपट बहादुर रावल, नेपाल राष्ट्रिय शिक्षक सगठन पुर्व अध्यक्ष तथा नेपाल रेडक्रस शोसाईटि अछामका सभापति रत्न प्रसाद ढुगानाले शोक मन्तब्य राख्दै उहाले अगालेका सबै कार्यलाई आत्मसाथ गर्दै अगाडि बढनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा स्वर्गिय रावलका छोरा रमेश बहादुर रावलले पार्टिले दिएको सम्मान प्रति धन्यवाद ब्यक्त गर्दै सपरिवारको तर्फबाट १ लाख ५५ हजार ५  सय ५५ को अक्षयकोष स्थापना गर्ने घोषणा गरेका थिए । कार्यक्रममा स्वर्गिय रावलका बुवा झपट बहादुर रावल, धर्मपत्नि पार्वति रावल, मगलसेन नगरपालिका उपप्रमुख सरिता उपाध्याय, रेडक्रस केन्द्रिय सदस्य बृकेश बोगटि, मगलसेन ४  का अध्यक्ष पदम बहादुर धामि लगाएत सबैले उहाको फोटोमा माल्यार्पण सहित पुस्प गुच्छा चढाउदै श्रध्दाञ्जलि ब्यक्त गरेका थिए । कार्यक्रमको सन्चालन नेपाल राष्ट्रिय शिक्षक सगठन प्रदेश कमिटि सदस्य नर बहादुर रावलले गर्नु भएको थियो । नेता रावलको २०७४ साल फागुन १७ गते ६० बर्षको उमेरमा उपचारको क्रममा काठमाडौंमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड