२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लवका कार्यकर्ता खोज्दै सेना गाउँ-गाउँमा, फेरि द्वन्द्व निम्तिने त्रास

६ चैत्र २०७५, बुधबार ०४:००

चैत ६, कालिकोट | नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेताकार्यकर्ता खोज्न नेपाली सेना गाउँ पसेको छ । रणसुर गुल्मपतिका सेनानी अमृत थापामगरको नेतृत्वको टोली विप्लवको गतिविधिमा रोक लगाउन र कार्यकर्तालाई नियन्त्रणमा लिन गस्तीमा हिँडेको हो । गस्तीमा नेपाल प्रहरी र सशस्त्र बल पनि मिसिएको छ ।

कालिकोट विप्लव नेतृत्वको नेकपाको पकड क्षेत्र मानिन्छ । नेकपाले विभिन्न गतिविधि बढाएपछि सुरक्षा निकाय संयुक्त रूपमा गाउँ केन्द्रीत भएको हो ।

गुल्मपति थापामगरले जिल्लाबाट मंगलबार गाउँ हिँडेको सुरक्षा निकायको टोली सान्नित्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका हुँदै नरहरिनाथ गाउँपालिका जाने तयारीमा रहेको बताए । उनले भने, ‘तीनवटै सुरक्षा निकायको गस्तीसहित कुमालगाउँमा बुधबार नरहरिनाथ गाउँपालिकाको केन्द्र कुमालगाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी छ ।’

सरकारको निर्देशनमा जिल्लाका सुरक्षा निकाय गाउँ केन्द्रीत भएपछि गाउँले त्रसित भएका छन् । २०५२ सालको सशस्त्र द्वन्द्वबाट निकै प्रभावित स्थानीय नागरिक फेरि द्वन्द्व निम्तिने त्रासमा छन् ।

- यो समाचार बिस्नप्रसाद न्यौपानेले अन्नपूर्णमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने