मनोज पराजुली। चैत्र ६, काठमाडौं । रङ्गहरूको पर्व होली। होलीको दिन मानिसहरूले विभिन्न प्रकारका रङ्गहरूले रंगाएर एक अर्कालाई रङ्गिन बनाउने दिन।&nbs"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मनोज पराजुली। चैत्र ६, काठमाडौं । रङ्गहरूको पर्व होली। होलीको दिन मानिसहरूले विभिन्न प्रकारका रङ्गहरूले रंगाएर एक अर्कालाई रङ्गिन बनाउने दिन।&nbs"/>
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

होली नखेले बिहे रोकिन्छ र ?

२०७५, ६ चैत्र बुधबार १५:१६

मनोज पराजुली। चैत्र ६, काठमाडौं । रङ्गहरूको पर्व होली। होलीको दिन मानिसहरूले विभिन्न प्रकारका रङ्गहरूले रंगाएर एक अर्कालाई रङ्गिन बनाउने दिन। 

होली हिन्दूहरूको एउटा महत्वपूर्ण पर्व पनि।

यस वर्ष पनि होलीको अघिल्लो दिन नै सामाजिक संजाल मार्फत विभिन्न कार्यक्रममा निमन्त्रणा आइसकेको थियो। नआओस पनि कसरी, पेशागत होस् या अन्य रुपमा विभिन्न संस्थामा आवद्ध भएपछि। 

त्यति मात्र कहाँ हो र, साथीभाई अनि अग्रजका शुभकामना संदेश सहितका होली खेल्न अनिवार्य आउनुपर्ने निमन्त्रणाले होली खेल्ने पर्ने दबाव आइसकेको थियो। तर यो वर्ष होलीको दिन, होली खेल्ने अवस्था रहेन र इच्छा भएर पनि पुरा गरिएन। सायद मौसम परिवर्तनको असर स्वास्थ्यमा नदेखिएको भए म पनि होली खेल्नमा नै व्यस्त हुन्थ्यें होला तर त्यसो भएन। 

मैले होली नखेलेपनि अरुले होली खेलेको छरछिमेकमा होस् या सामाजिक संजालमा प्रष्टै देखेको छु। 

विहान नै घरको छतमा बसेर छिमेकमा होली खेल्न तयार भएका स-साना भाई बहिनीहरुको होलीको रौनकलाई नजिकबाट नियाली रहंदा पल्लो घरका छिमेको ५ वर्षका भाइले प्लास्टिकको लोलाले हान्न भ्याईहाले तर मलाइ लोलाले लाग्न सकेन। स-साना केटाकेटीको ग्रुपमा सहभागी नभएर एक्लै ४ तले घरको छतमा बसेका भाइले मलाइ नै लोला हान्नुको कारण पनि उसले मन मिल्ने साथी नपाएर रहेछ। लोला हानेपछि भन्दै थिए अहिले स्कुलका साथीहरु आउंदै छन् अनि होली खेल्ने हो, अहिले तपाइलाई लोला हानेर तयारी गरेको।  

चैत्रको महिना, गर्मी लागिसक्नु पर्ने भएपनि यो वर्ष चिसो नै छ, चिसोमा मौसममा पारिलो घाम। होली नखेलेपनि होलीको रौनक त घरबाट भए पनि त नियाल्ने पर्यो ..

छिमेकी होली खेलेका हेर्दै सामाजिक संजालमा उपस्थिति ..

सबैका आ-आफ्नै तरिका, मन मिल्ने साथीहरुको जनघट, अफिसियल समुह होस् या स्व स्फुर्त भेला …

स-साना केटाकेटीदेखि वृद्ध वृद्धा सम्म सबै होलीको रौनकतामा आनन्द लिईरहेका। त्यसमा पनि युवा-युवतीहरू त गीत गाउँदै-नाच्दै होलीलाई मनाइरहेका। भनिन्छ, होलीको दिन मानिसहरु एक आपसमा रहेका कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर एक-अर्कासित मिल्ने गर्दछन्। 

छिमेकमा होस् या सामाजिक संजालमा सबैले होली खेलेको प्रस्टै देखेको छु। आखिर होलीको माहोल सामाजिक संजालमा कस्तो छ त ? अनि होली खेल्न नपाएका होस् या चाहना नभएकाहरुको मनस्थिति के छ त ? 

मलाइ बुझ्न मन लाग्यो र लेखिदिए, आज होली नखेले के हुन्छ ? सामाजिक संजाल नै त हो, आफुंलाई लागेका कुरा कमेन्ट गरिहाल्ने।

पछिलो समय सामाजिक संजालमा परिस्थिति अनुरुप आँफुलाई उभ्याउन नसके त्यो समाजबाट पछाडी परेको त होइन भन्ने महसुस हुन्छनै जो सुकैलाई पनि। त्यस्तैमा एक मित्रले लेखिदिए, होली नखेले समाजले स्वीकार्दैन रे ..

यत्तिकैमा अर्का मित्रले लेखिदिए, कारवाही हुन्छ । नहोस नि किन ? संस्थागत रुपमा सबै जना होली खेल्नको लागि बोलाइएकोमा उपस्थिति नभएपछी ..

होली नखेल्ने साथीहरु पनि भेटिए जसले आँफुलाई केहि नभएको बताउंदै गर्दा अर्का एक मित्र होली नखेल्नेको एउटा छुट्टै नयाँ पार्टी गठन गरूँ भन्दै उक्साउँदै पो थिए …के थाहा, पार्टी गठन गर्न कति सहज छ भनेर ….. 

आधा जिन्दगी खेर गए जस्तो हुन्छ साथी भन्दै थिए, सायद अनुभव पो थियो कि ? सोध्न मन लाग्यो, भोलि भेट भएमा पक्कै सोध्नेछु ..

रङहरुको पर्व भएपछि अवश्य रङ त किन्नु नै पर्ने थियो। अनि त्यो रङलाई सफा गर्न पानी त चाहियो नै, राजधानीमा पानीको समस्या जो कोहीलाई थाहै छ त्यसैले त होला साथीहरुले रङ्ग किन्ने पैसा, नुहाउने पानीको वचत हुन्छ भनेका …

त्यति मात्र कहाँ हो र, समयको बचतका साथै रङ्गहरूमा प्रयोग भएका केमिकलको असरबाट पनि जोगिन्छ नि साथीहरु सुझाव पो दिंदै थिए ..

यत्तिकैमा एक मित्रले भनिदिए, बिहे रोकिन्छ, सायद बिहे नगरेको केटो थाहा पाएर होला यसो भनेका, तर के थाहा बिहे गर्नलाई पनि त तयार हुनुपर्छ भनेर … अनि बाँकि कुरा पनि ..

यी र यस्तै प्रसंगहरुका विच यस वर्षको होलीलाई राजधानी शहरले बिदाइ गरेको छ। बाँकि नै छ, तराइका जिल्लाहरुमा भोलिको होली, राम्रोसंग मनाउनुहोस्।

अवश्य अर्को वर्ष होलीमा म पनि रमाइलो गरूँला।  







प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ