२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

५ लाख ३६ हजार होटलको बिल नतिरेको भन्दै अभिनेत्रीमाथि मुद्दा दर्ता !

७ चैत्र २०७५, बिहीबार ०६:५५

चैत ७, काठमाडौं | कन्नड सिनेमाकी अभिनेत्री पूजा गान्धी र राजनीतिज्ञ साथी अनील पी. मिनासीनाकाईविरुद्ध भारु ३.३५ लाख (५ लाख ३६ हजार) बराबरको होटलको बिल नतिरेको भन्दै मुद्दा दर्ता भएको छ । 

बैङ्लुरुको द ललित अशोक होटलका सुरक्षा प्रबन्धकले पूजा र उनका साथी मिनासिनाकाईले होटलको पूरा बिल नतिरिकन भागेको भन्दै मुद्दा दर्ता गरेका हुन् । एक वरिष्ठ पुलिस अधिकारीले भने, ‘गएको मार्च ११ मा मुथान्ना सीसी, द ललित होटलका सुरक्षा प्रबन्धकले हाई ग्राउण्ड पुलिसमा मुद्दा दायर गरेका थिए ।’ उनीहरुको बयानको आधारमा पुलिसले मुद्दा लिएको तर प्रथम सूचना रिपोर्ट (एफआईआर) नभई एनसीआरका रुपमा दर्ता गरेको प्रहरीले जनाएको छ ।

‘पूजा र मिनासीनाकाईका साथै अरु सदस्यहरुलाई होटलले अप्रिल २०१६ देखि मार्च २०१७ सम्म सेवा दिएको थियो । उठेको बिल २६ लाख २२ हजार ३ सय ४४ मध्ये उनीहरुले सन् २०१८ सम्म पटक पटक गरेर २२ लाख ८३ हजार १ सय २९ मात्र तिरे । तर अहिलेसम्म पनि बाँकीको ३ लाख ५३ हजार ४० भारु तिरेका छैनन्’ मुथान्नाले दर्ता गरेको अभियोगमा भनिएको छ ।

होटलका अनुसार, अभिनेत्री पूजा र उनका साथी अनेक बाहना गर्दै, बाँकी रकम तिर्ने भन्दै होटलबाट भाग्न सफल भएका थिए । ‘जेडी चक्रवर्तीको सिनेमाको प्रि प्रोडक्शनको लागि म होटलमा बसेको थिएँ, मैले क्रेडिट कार्डबाट बिल भुक्तानी गरेको थिएँ । मैले झुठो मुद्दाको बारेमा थाहा पाएँ र होटलका महाप्रबन्धक भाष्करसँग सम्पर्क गरेको थिएँ । यो हामी दुईबीच भएको असमझदारी हो ।’ अभिनेत्रीले भने आफ्नो छवि धमिल्याउन यस्तो गराइएको बताएकी छिन् । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा